‘संसद पुनस्र्थापना नभए हामी पनि हातमा दही जमाएर बस्दैनौं’




काठमाडौं, माघ ५ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले संसद पुनस्र्थापना हुनुपर्ने बताएका छन् । बाहिरी हस्तक्षेप नभए संसद पुनस्र्थापना हुने उनको विश्वास छ । तर वाहिरी हस्तक्षेपले संसद पुनस्र्थापना नभए आफुहरु हातमा दही जमाएर नबस्ने प्रतिकृया दिएका छन् ।

हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं। बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्ने,’ उनले भने, ‘बाहिरी हस्तक्षेप भएमा हामी रामनाम जपेर बस्दैनौं।’

प्रतिनिधि सभा पुनःस्थापना नहुँदासम्म आफ्नो पार्टीले सडक संघर्ष जारी राख्ने बताउँदै डा। भट्टराईले नेकपाको प्रचण्ड–नेपाल समूह र कांग्रेसलाई संयुक्त आन्दोलनमा आह्वान पनि गरे। उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पार्टीबाट ननिकालेको देख्दा शंका लागेको बताएका छन्।

आज (सोमबार) बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा। भट्टराईले यस्तो अभिब्यक्ति दिएका हुन् । ओलीलाई पार्टीवाट ननिकालेकाले प्रचण्ड र नेपाल अझै सत्ताकै दाउमा रहेको हो कि भन्ने आशंका उब्जिएको उनले बताए ।

‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न ? तपाईंहरू कित्ता क्लियर गर्नुस्,’ डा। भट्टराईले भने, ‘तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ।’


SHARE THIS