विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ५ जना घाइते



मोरङ, माघ ६ । मोरङमा मंगलबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका ९ को भेडुवाथानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा रतुवामाई नगरपालिका ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल घाइते भएका छन् । अगाडिबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको जनाइएको छ ।


SHARE THIS