टोखामा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो

  काठमाण्डौ, माघ ९ । काठमाण्डौको टोखा नगरपालिका-३ मा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । 

बा ४ ख ३१०७ नम्बरको टिप्पर र वाग्मती प्रदेश ०२ ०२२ प २०४२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोङ्गबुका १७ वर्षका सञ्जीव महर्जनको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार महर्जनको उपचारका क्रममा शिक्षण अस्पतालमा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

 


SHARE THIS