सेवाग्राहीको लालपुर्जा सच्याएबापत ११ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नायब सुब्बा वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि बर्दिवास कार्यालय पुर्याइएकाे अख्तियारले जनाएको छ । यसअघि पनि मालपोत कार्यालयबाटै घुस रकमसहित एक जना कर्मचारी पक्राउ परेका थिए ।