संसद पुनर्स्थापना नै कांग्रेसको लाइन हो : पौडेल

 

हरि अधिकारी

विराटनगर, माघ ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना नै कांग्रेसको लाइन भएको बताएका छन् ।

गुराँस पुस्तकालय विराटनगरले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकारी नभएको बताए । उनले भने, ‘यो संविधानलाई भत्काउन खोजिँदैछ, हामी दिँदैनौ, संघर्ष गर्छौं । प्रतिनिधिसभा पुनर्स्थापना गर भन्छौं ।’

पौडेल सुरुदेखि नै संसद विघटनको विपक्षमा छन् । तर पार्टी सभापति शेरबहादुर देउवाले चुनावको पक्षमा देखिएका छन् । नेता पौडेलले भने केन्द्रीय कार्यसमितिले संसद विघटनलाई असंवैधानिक भनेकाले त्यही पार्टीको लाइन भएको बताए ।

‘पार्टीभित्र दुई लाइन छ भन्नुहुन्छ साथीहरु । कहाँ छ अर्को लाइन रु यहीँ लाइन हो कांग्रेसको । कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय हो यो,’ उनले भने, ‘यही लाइनमा सबै हिड्ने कि नहिड्ने रु यो लाइनमा जो हिँड्दैन, त्यो जान्छ ।’

कांग्रेस आफ्नो सिद्धान्तमा अडिग रहनुपर्ने भन्दै उनले अहिले पार्टी नेतृत्व परीक्षामा रहेको बताए । उनले भने, ‘सारा जनताले हेरिरहेका छन्, बुद्धिजिवीहरुले हेरिरहेका छन्, कांग्रेसले आफ्नो सिद्धान्तमा अडिन्छ कि अडिन्न रु’


SHARE THIS