घोराही उपमहानगरको ४३ औँ स्थापना दिवस आज मनाईदै

 

दाङ ,माघ १५  । घोराही उपमहानगरपालिकाको ४३ औं स्थापना दिवस आज मनाईदै छ । स्थापना दिवसका अवसरमा उपमहानगरपालिकाले आज विहान ११ बजेदेखी एक कार्यक्रमको आयोजना गरेर मनाउदै छ ।

कार्यक्रमको सम्पूण तयारी पूरा भएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुुभएको छ । आज स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थाहरुलाई पुरस्कृत तथा सम्मान कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

कार्यक्रम आज विहान ११ बजे उपमहानगरपालिकाको सभा कक्षमा हुने भएको छ दिवसको अवसरमा उपमहानगरपालिकाले मेयर कप फुटवल तथा उपमेयर भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

उपमेयर भलिबल प्रतियोगिताका बिजेताहरुलाई आज सम्मान गर्ने कार्यक्रम रहेको छ भने मेयर कप फुटवलको फाईलन खेलमा विवाद देखिदा अन्तिम खेल हुन सकेको छैन् । स्थापना दिवसको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले गर्ने कार्यक्रम रहेको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।


SHARE THIS