सल्यानमा बस दुर्घटनामा दाङका चालक पुर्पक्षका लागि कारागार चलान

 


सल्यान, माघ  १६ । सल्यानको बरलामा भएको दुर्घटनामा दाङका बस चालक पुर्पक्षका लागि कारागार चलान भएका छन् । सल्यान जिल्ला अदालतले घोराही उपमहानगरपालिका वडा नम्बर ५ का २६ वर्षिय सरद केसीलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पुस २९ गते सल्यानको दार्मा गाउँपालिकाबाट दाङ तर्फ आउँदै गरेको ना २ ख ९६४३ नम्बको बसले विपरित दिशा बाट गएको रा ३ प ८६६७ नम्बरको मोटरसाईकललाई ठ्क्कर दिएको थियो ।

उक्त ठक्करबाट मोटरसाकल चालक सल्यानको शारदा नगरपालीका वडा नम्बर ६ बराला का ३० वर्षिय विरेन्द्र भण्डारी गम्भिर घाईते भएको र उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको थियोे । सोही विषयमा अदालतले केसीलाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।



SHARE THIS