काठमाडाैं, पुस २३ । पछिल्लो २४ घन्टामा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार थप ४ सय १२ जनामा कोरोना संक्रमण पाइएको जनाएको हो ।
यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ ।
मन्त्रालयका अनुसार, बिहीवार ४ सय ८३ जना संक्रमित भाइरसमुक्त भएका छन् भने ४ संक्रमितको मृत्यु भएको छ ।
बिहीवारसम्ममा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २ लाख ५६ हजार ६ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यस्तै १ हजार ९ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।