जनमुक्ति सेनाको त्याग र बलिदानले देशमा ठूलो परिवर्तन आएको छ : ओली

  काठमाण्डौ, माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गर्नुभएको छ ।

बालुवाटारमा तत्कालीन जनमुक्ति सेना विभिन्न तहका कमाण्डरलाई बोलाएर प्रधानमन्त्रीले जनयुद्धका क्रममा खेलेको भूमिकाका विषयमा प्रशंसा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । ‘जनयुद्धमा तपाईंहरुले खेलेको भूमिकाको म प्रशंसा गर्छु, तपाईंहरुको त्याग र बलिदानले देशमा परिवर्तन ल्याउन ठूलो सहयोग गरेको छ’, ओलीले भन्नुभयो ।

पूर्व जनमुक्ति सेनालाई नेतृत्वले पटक पटक धोका दिएको भन्दै ओलीले आफूले समस्या समाधान गरिदिने आश्वासन समेत दिनुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहले कार्यकर्ता आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन् ।


SHARE THIS