काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमा असाधारण देशभक्ति भएको बताएका छन् ।
बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,“देशले पहिलोपल्ट महिला राष्ट्रपति पाएको छ । गरिमामय, जिम्मेवार ढङ्गले व्यवहार गर्ने, सालिन र भद्र महिला जसमा असाधारण देशभक्ति छ ।”
प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अपमान गर्नेहरुलाई लाज हुनुपर्ने बताए ।