भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको ज्यान गयो

पाल्पा, माघ ७ । पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नरबहादुरको ज्यान गइसकेको अवस्थामा भेटिएको मृतकका दाजु नरबहादुर सारुले जानकारी दिनुभयो । मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ ।

बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


SHARE THIS