दाङ, माघ १९ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।
गएराति भएको खेलमा एट्लेटिको मड्रिडले काडिजलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । एट्लेटिको मड्रिडका लागि खेलको २८ औँ मिनेटमा लुइस सुवारेजले गोल गरे ।
यस्तै ५० औँ मिनेटमा उनले पेनाल्टीमार्फत अर्को गोल गरे । यस्तै, सोउल निग्याजले ४४ औँ मिनेटमा र कोकेले ८८ औँ मिनेटमा गोल गरे ।
जितपछि शीर्ष स्थानको एट्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना तथा तेस्रो स्थानको रियल मड्रिडको २० खेलबाट समान ४० अंक छ ।