थप ३ सय ६२ जनामा संक्रमण पुष्टि, ६ सय ९९ जना निको भए


काठमाडौं, पुस २५ । शनिवार देशभर थप ३ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पिसिआर परिक्षणमा ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शनिबार थप ६ सय ९९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

त्यस्तै, संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १२ पुगेको छ। 


SHARE THIS