दाङमा १२८ सक्रिय कोरोना संक्रमित



दाङ, पुस २० । दाङ संक्रिय कोरोना संक्रमित १२८ जना रहेका छन । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार संक्रिय संक्रमित मध्य होम आइसोलेशनमा ८४ जना र सस्थागत आइसोलेसनमा ४४ जना रहेका छन् ।

दाङका हाल सम्म २३ हजार एकसय ६४ जनाको नमूना परिक्षण गरिएकोमा ३ हजार ४ सय ६७ जनामा कोरोना पुष्टी भएको थियो । जसमध्य ३ हजार २ सय ९५ जना कोरोना मुक्त भएका छन । भने कोरोना संक्रमणका कारण जिल्लामा ४४ जनाको मृत्यु भई सकेको छ ।


SHARE THIS