लोकतन्त्रको बिरुवा नमार भन्दै विवेकशीलको प्रदर्शन

 

काठमाडौं, माघ २ ।  विवेकशील पार्टीले संसद विघटनविरूद्ध शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । लोकतन्त्रको बिरुवा नमार भन्ने प्लेकार्डसहित संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको हो ।

“लामो संघर्ष तथा त्याग पछि प्राप्त लोकतन्त्र अहिले शैशवकालमा रहेको छ । यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशको लागि अशुभ संकेत हो । सबै राजनीतिक दल तथा नागरिकहरूले लोकतन्त्रलाई सम्बर्द्धन तथा संरक्षण गर्नको लागि अगाडि लाग्नुपर्छ । त्यसैले प्रदर्शन गरिएको हो”, पार्टीका नेता शशिबिक्रम कार्कीले भने ।


SHARE THIS