कोइलाबास नाकाबाट गोरू सहित तिनजना भारतीय नागरिक पक्राउ

 

कोइलाबास, पुस १९ । गोरु तस्करीमा संलग्न भएको भन्दै प्रहरीले गएराती तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सिमानका कोईलाबास देखि पूर्व तर्फको दुर्गा सामुदायिक वनमा पर्ने अन्तरखाल खोला नजिकैबाट कोइलाबास प्रहरी चौकीका इन्चार्ज नन्दराम केसीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बलरामपुर जिल्लाको टहराका स्थानीय वर्ष ४२ का सुल्तान बन्जाडे, वर्ष २९ का रतिक बन्जाडे र वर्ष ४१ का अब्दुल अलि रहेका छन् । शनिबार राती करिब ८ बजेको समयमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सुचनाका आधारमा कोइलाबास प्रहरी चौकी बाट गएको प्रहरी टोलीले ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

नेपाल ल्याउदै गरेका करिब ५०र६० वटाको संख्यामा रहेका गोरुहरुलाई भारत तर्फै फर्काएको र नागरिकलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय गढवा ल्याईएको प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए। पक्राउ परेकाहरुको बारेमा अनुशन्धान भैरहेको प्रहरीको भनाई छ ।।


SHARE THIS