भारतमा उत्पादित कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान

 

काठमाडाैं, माघ २ । कोरोना भाइरसविरुद्ध भारतमा उत्पादित खोप 'कोभिशिल्ड'लाई नेपालमा आपतकालीन प्रयोगका लागि सरकारले सशर्त अनुमति प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इण्डियाद्वारा उत्पादित खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले मिलेर रिसर्च गरी पत्ता लगाएको खोपको उत्पादन सेरम इन्स्टिच्युट अफ इण्डियाले गरिरहेको छ ।

हेर्नुहोस्, विज्ञप्ति :



SHARE THIS