तुलसीपुर, माघ १६ । तुलसीपुरमा कोरोना विरुद्धको खोप लगाएका मध्य तीन जनामा सामान्य ज्वरो देखा परेको छ । तुलसीपुरमा शुक्रबार मध्यान्न १२ बजे सम्म २६७ जनाले कोरोना विरुद्धको खोप लगाएको थियो ।
ति मध्ये तीन जनामा सामान्य ज्वरो देखिएपनि अन्यको अवस्था भने सामान्य रहेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । उनका अनुसार आत्तिनु पर्ने अबस्था भने छैन । तुलसीपुरमा ९७५ जना स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगायतलाई खोप दिइदैछ ।
दुई दिनसम्म तुलसीपर उपमहानगरपालिका भित्रकालाई मात्रै खोप दिएकोमा आजबाट बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिका भित्रका ३ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी छ । त्यसैगरी घोराही उपमहानगरपालिका भित्र अहिले सम्म २१० जनालाई कोरोना विरुद्धको खोप दिएको छ ।
Post a Comment