छिल्लीकोटमा आन्तरिक पर्यटक बढे

दाङ, पुस २६  तुलसीपुर उपमहानगरपालिका छिल्लीकोटमा भ्यु टावर निर्माण भएसँगै आन्तरीक पर्यटकको चहलपहल बढेको छ ।

कोरोना महामारीका कारण सरकारले लकडाउन गरेसँगै लामो समय अन्तरिक पर्यटकको चहलपहल सुनसान रहेपनि भ्यु टावरसँगै अन्य संरचनाहरु बन्दै गएपछि पर्यटकहरुको आवागमन बढ्न थालेको छ ।

छिल्लीकोटमा तत्काली राजाहरुले प्रयोग गरेको सामानहरु लगायत टुंडिखेल, इन्द्रचोक लगायतको ठाउँ भएकाले पनि आन्तरीक पर्यटकको रोजाइमा परेको छ ।

छिल्लिकोटको टापुबाट दाङ उपत्यकालगायत पहाडी जिल्लाको हिमशृंखको अवलोकन गर्न सकिन्छ ।

छिल्लिकोटले ऐतिहासिक धार्मिक महत्व बोेकेको छ । छिल्लीकोटबाट दाङ उपत्यकासंगै साविक राप्तीका जिल्लाहरु, विभिन्न हिम श्रृंखलाहरु लगायतका दृश्यावलोकन गर्न सकिने भएका कारण पनि पछिल्लो समयमा छिल्लीकोट आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।


साथिभाइले छिल्लीकोटको बारेमा चर्चा गरेपछि आफु पनि पहिलो पटक अवलोकनका आएका घोराहीका रमण आचार्यले बताए । ‘साथिभाईले फेसबुकमा राखेको फोटोले मन लोभ्यायो, कस्तो रहेछ भनेर म पहिलोपटक यहाँसम्म आइपुगेको हुँ’ उनले भने–‘ राम्रो लाग्यो, अब अरु साथीहरुलाई पनि भन्छु ।’

अहिले छिल्लीकोट सम्म पुग्नका लागि सिमेन्ट उद्योगको बाटो प्रयोग गरिरहेका छौँ, उद्योगको बाटो भएका कारण पनि हामीले निकै सास्ती पाउनु परेको छ’ हामीले छुटै पर्यटन मार्गको अवधारणा अघि सारेका छौँ, उक्त पर्यटन मार्ग पक्कि हुने छ, यसरी सास्ती पाउनुपर्ने अवस्था आउने छैन् ।

बिजौरी स्यालापानी हुँदै छिल्लीकोटसम्मको लागि पर्यटन मार्ग बन्ने छ । अहिले बिजौरीदेखि स्यालापानीका लागि सडक पक्कि बनाउन १२ करोडको बजेट परेको छ ।


SHARE THIS