प्रादेशिक अस्पतालका मेसुले खोप लगाएर अभियानको सुभारम्भ गरे

 

तुलसीपुर, माघ १४  कोरोना भाइरस (कोभिड –१९) विरुद्धको खोप दाङमा पनि लगाउन सुरु गरिएको छ ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट स्वास्थ्यकर्मीबाट खोप लगाउन सुरु गरिएको छ । सोहि अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेण्डेन डाक्टर विनोद सिंहले खोप लगाएर अभियानको सुभारम्भ गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको खोप कार्यक्रममा सुरुमा डाक्टर सिंहलाई खोप दिईएको हो । त्यसपछि अन्य स्वास्थकर्मीहरुलाई पनि खोप दिन सुरु गरिएको छ । दाङमा पहिलो चरणमा तिन हजार व्यक्तिका लागी ६६०० डोज खोप आएको छ । एक व्यक्तिलाई दुई पटक खोप दिईने भएकाले २८ दिन पछि फेरी दोस्रो पटक खोप दिईने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् ।

पहिलो दिन प्रत्येक अस्पतालका चिकित्सक, नर्स, सरसफाईकर्मी लगाएतले खोप दिईने छ । यस्तैगरी पालिका स्तरका स्थ्यकर्मीहरुलाई पनि खोप दिईने उनले जानकारी दिएका छन् । अहिले जिल्लाका तिन अस्पतालबाट खोप लगाउने तयारी गरिएको छ । खोपका लागी हाल पश्चिम दाङका चार वटा पालिकाको खोप केन्द्र राप्ती प्रादेशिक अस्पताल, बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिका र स्वास्थ्य कार्यालय दाङको खोप केन्द्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र देउखुरी क्षेत्रका पालिकाको लागी लमही अस्पतालमा केन्द्र बनाउने गरी माग भएको प्रमुख शाहीले जानकारी दिएका छन् ।


SHARE THIS