दाङमा अटो पल्टीदा ४ जना घाईते, दुईजनाको अबस्था नाजुक

 

दाङ, पुस २३ । दाङमा आज अटो दुर्घटना हुदा ४ जना घाईते भएका छन् । बाघमारेबाट तुलसीपुर आउदै गरेको रा १ ह ३१०३ नम्बरको अटो शान्तिनगर ३ पातेटाकुरामा दुर्घटना हुदा ४ जना घाईते भएका हुन् ।

घाईते भएका तुलसीपुर ५ शंकर टोलका ३१ बर्षिय विमला घर्ती र शान्तिनगर २ सिमका ५२ बर्षिय सिंहबहादुर सार्कीलाई तुलसीपुरमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि कोहलपुर लगिएको छ ।

अन्य घाईते शान्तिनगर २ बाघमारेका २४ बर्षीया रिता नेपाली र सोही ठाउँका ४७ बर्षिय लोकबहादुर विश्वकर्माको भने प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तिब्र गतिमा रहेको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको घाईते यात्रुहरुले बताएका छन् ।


SHARE THIS