पछिल्लो २४ घन्टामा ४८८ संक्रमित थपिए, १० को निधन

काठमाडाैं, पुस २७ । पछिल्लो २४ घन्टामा थप चार सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुने संख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा पाँच सय २७ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ५८ हजार नौ सय ६८ पुगेको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या भने चार हजार तीन सय ७३ छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १० जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय २७ पुगेको छ। 


SHARE THIS