दाङ उद्योग बाणिज्य संघको अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल निर्वाचित

दाङ, पुस २१। दाङ जिल्ला उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागी भएको निर्वाचनमा सयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन् । सोमवार भएको मतदानमा सयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार टंकसिंह बुढाथोकीले एक हजार दुई सय सन्ताउन्न मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार बसन्त जोसीले १०१३ मत प्राप्त गरेका थिए ।



यस्तैगरी कोषाध्यक्ष पदमा सयुक्त प्यानलका उम्मेदवार सुसील पोख्रेलले १२६३ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिद्धन्द्धी स्वतनत्र उम्मेदवार धनपति शर्माले ९८५ मत प्राप्त गरी पराजित भएका छन् । उद्योग बाणिज्य संघका ४३३८ मतदाता रहेकोमा २४३२ मत खसेको थियो ।जसमा १५१ वटा मत बदर भएको थियो ।


अध्यक्ष र कोषाध्यक्ष पदमा सहमती हुन नसकेपछि दुई पदमा निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा बर्तमान उपाध्यक्षहरु बसन्त जोशी र टंकसिंह बुढाथोकी तथा कोषाध्यक्ष पदमा बर्तमान कोषाध्यक्ष शुसिल पोख्रेल र सदस्य धनपती शर्मा चुनावी मैदानमा उत्रिएका थिए । अन्य विभिन्न १९ पदका पदाधिकारी एवं सदस्यहरु भने यस अघि नै सर्वसम्मत चयन भईसकेको छ ।


तस्वीर: बायाँ पोख्रेल र दाया बुढाथोकी


SHARE THIS