अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनको आज शपथ ग्रहण, सुरक्षा व्यवस्था कडा

  काठमाण्डौ, माघ ७ । अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि पदभार ग्रहण गर्नुहुने भएको छ ।

नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ ग्रहण गरेपछि उहाँहरुको कार्यकाल सुरु हुनेछ । पदभार ग्रहण गरेसँगै बाइडेन अबको ४ वर्षसम्म ह्वाइट हाउसको निवासमा बस्नुहुनेछ । यहि जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

आज वासिङ्टन डिसीका धेरैजसो ठाउँहरु बन्द हुने भएका छन् । अमेरिकी गुप्तचर निकायले सुरक्षाको नेतृत्व गरेको र हजारौँ प्रहरीलाई सहयोग गर्न न्यान्शल गार्डका झण्डै १५ हजार सुरक्षाकर्मी खटाउन लागिएको छ । यस्तै बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण गरेको हेर्ने परम्परा भएपनि बाइडेनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प सहभागि नहुने भएका बीबीसीले जनाएको छ ।


SHARE THIS