सडकबत्तिको विद्युत महशुल बुझाउन तुलसीपुर उपमहानगरको आनाकानी

सडकबत्तिको विद्युत महशुल बुझाउन तुलसीपुर उपमहानगरको आनाकानी

 


जीतसागर जी.एम.

दाङ, माघ १९ । तुलसीपुर उपमहानगरपालिकाले विद्युत महशुल बुझाउन आनाकानी गरेको देखिएको छ । उपमहानगरले आर्थिक वर्ष २०७४÷२०७५ देखि हालसम्मको विद्युत महशुल नबुझाएको हो ।

संघिय व्यवस्था कार्यान्वयन भएसंगै तुलसीपुर उपमहानगरपालिकाले विद्युत महशुल नबुझाएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख जगन्ननाथ लामिछानेले जानकारी दिनुभयो ।

वक्यौता रकम बुझाउनका लागि उपमहानगरलाई पटक–पटक ताकेता गरेपनि करिब तीन वर्षदेखि रकम बुझाउन आनाकानी गरेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । सडक बत्ति वाफतको रकम भएकाले पनि उपमहानगरले महशुल बुझाउन आनाकानी गरेको उहाँको भनाई छ । अब पनि महशुलको विषयमा आनकानी भएमा बत्ति काटिदिने प्रमुख लामिछानेले बताउनुभयो ।उपमहानगरले अहिलेसम्म ६७ लाख बढी विद्युत महशुल बुझाउन आनाकानी गरेको प्रमुख लामिछानेले बताउनुभयो । आर्थिक वर्ष २०७४÷२०७५ देखि हालसम्म उपमहानगरको नाममा ६७ लाख ७२ हजार १९४ रकम विद्युत महशुल वक्यौता रहेको कार्यालयले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विद्युत प्राधिकरणले पनि उपमहानगरलाई कर बुझाउनुपर्ने भएका कारण अहिले सडक बत्तिको महशुल नबुझाएको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युतका पोल राखेको पनि कर बुझाउने सहमति भएपछि उपमहानगरले महशुल बुझाउन सक्ने बताउनुभयो ।

तुलसीपुर वितरण केन्द्रमा माघ १६ गतेसम्मको तथ्यांक अनुसार ६ करोड ७४ लाख ७७ हजार ५७ रुपैँया विद्युत बक्यौता देखिएको छ । लामो समयदेखि विद्यतु महशुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारीमा रहेको लामिछानेले बताउनुभयो । पश्चिम क्षेत्रमा ५० हजार बढी महशुल बक्यौता रहेका ८२ उद्योग तथा व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो ।

यसैबिच तुलसीपुरमा चालु आर्थिक वर्षमा विद्युत चोरी गर्ने ५१५ जनालाई कार्बाही गरिएको उहाँले जानकारी दिनुभयो । विद्युत चुहावट रोक्नका लागि प्राधिकरणले सक्रियता बढाएको र यसवर्ष ५ सय बढीलाई कार्बाही गरिएको उहाँको भनाई छ । कार्बाहीबाट १४ लाख २२ हजार बढी राजश्व संकलन गरिएको छ ।

 धादिङ : रोकि राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको ज्यान गयो

धादिङ : रोकि राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको ज्यान गयो

  धादिङ, माघ १९ । धादिङको थाक्रे गाउँपालिका-२ कोइरालेमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बिग्रिएर सडक छेउमा रोकेर राखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

गएराति साढे ३ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाएका दुई जनाको परिचय  खुलेको छैन । दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अर्का ट्रक चालक भने सामान्य घाइते  भएका छन् । 

 

 चीनले कोरोनाविरुद्धको तीन लाख खोप अनुदानमा दिने

चीनले कोरोनाविरुद्धको तीन लाख खोप अनुदानमा दिने

  काठमाण्डौ, माघ १९ । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

खोप अनुदानमा दिने र चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ दूतावासले जनाएको छ ।    

चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । यो खोप करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी रहेकोे चिनियाँ दूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले अन्य देशहरुबाट पनि मान्यता पाएको छ । 

 

 नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समिति बैठक बस्दै

नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, माघ १९ । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बसेको थियो । त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

 आज माघ १९ : व्यवस्था फेरियो, अवस्था फेरिएन

आज माघ १९ : व्यवस्था फेरियो, अवस्था फेरिएन

मन्त्रीमण्डलका सदस्यहरुलाई शपथ ग्रहण गराउँदै ज्ञानेन्द्र शाह

काठमाडौं, माघ १९ । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा आजकै दिन शासनसत्ता हातमा लिएका थिए ।

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको र राजकीय तथा शासकीय सत्ता अब आफ्नो हातमा रहेको घोषणा गरेका थिए । यो शाही ‘कू’लाई नेपालको राजनीतिमा कालो दिनको रुपमा स्मरण गरिन्छ ।

ज्ञानेन्द्र शाहले मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर जनताका मौलिक अधिकार निलम्बन गरिदिएका थिए । साथै प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी उनले नजरबन्दमा राखेका थिए ।

ज्ञानेन्द्र शाहको यो कदमबाट बहुदलीय प्रजातन्त्रका मान्यताहरु पूर्णरुपमा समाप्त भएपछि तत्कालीन विद्रोही माओवादीसहित प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएअनुसार दोस्रो जनआन्दोलनको थालनी भएको थियो ।

त्यसपछि २०६२ चैत २४ गते सुरु भएर २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो । यही बीचमा माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनआन्दोलनको जगमा पुनःस्थापित संसदले मुलुकबाट राजतन्त्र समाप्त गरी गणतन्त्र घोषणा गरेको थियो ।

त्यसपछि राजा ज्ञानेन्द्र नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए । टेलिभिजन सम्बोधनमार्फत् उनले ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गरेका थिए ।

राजसंस्था फालेर लोकतान्त्रिक गणतन्त्र बहाली भएको १६ वर्ष पुगिसक्दा पनि जनचाहनाअनुसारको विकास र समृद्धि हुन नसक्दा आम नेपालीमा नैराश्य छाएको छ । वर्तमान राजनीतिक दलहरूप्रति जनताको विश्वास घट्दै गएको यो परिस्थितिमा राजसंस्थाको माग गर्नेहरु सलबलाउँदै गएका छन् ।

 आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

  काठमाण्डौ, माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ ।

बोर्डका अध्यक्ष  डाक्टर चन्द्रमणि पौडेलले केही समस्या नआए आज नतिजा सार्वजनिक गर्ने बताउनु भएको छ । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो । 

 वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

  काठमाण्डौ, माघ १९ । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आउँदो फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भएर स्थगित भएको थियो ।

आउँदो बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने  बताइएको छ ।

वाग्मती प्रदेशसभामा  नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।

 स्पेनिस ला लिगामा काडिज एट्लेटिको मड्रिडसँग पराजित

स्पेनिस ला लिगामा काडिज एट्लेटिको मड्रिडसँग पराजित

  दाङ, माघ १९ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा एट्लेटिको मड्रिडले काडिजलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । एट्लेटिको मड्रिडका लागि खेलको २८ औँ मिनेटमा लुइस सुवारेजले गोल गरे ।

यस्तै ५० औँ मिनेटमा उनले पेनाल्टीमार्फत अर्को गोल गरे । यस्तै, सोउल निग्याजले ४४ औँ मिनेटमा र कोकेले ८८ औँ मिनेटमा गोल गरे ।

जितपछि शीर्ष स्थानको एट्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना तथा तेस्रो स्थानको रियल मड्रिडको २० खेलबाट समान ४० अंक छ ।

 म्यानमारकी नेतृ आङ सान सुकी सेनाको हिरासतमा

म्यानमारकी नेतृ आङ सान सुकी सेनाको हिरासतमा

  दाङ, माघ १९ । म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ पर्नु भएको छ ।

उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो । सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ ।

सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले नोभेम्बर महिनामा भएको चुनावमा फराकिलो मतले जित निकालेको थियो । तर सेनाले भने यो चुनावमा धाँधली गरेको दाबी गर्दै आएको थियो । सेनाले म्यानमारमा आजको संसद बैठक स्थगित गर्न आह्वान गरेको छ ।

नेशनल लिग फर डेमोक्रेटिक पार्टीका प्रवक्ताले प्रजातन्त्रवादी नेतृ सुकी, राष्ट्रपति विन मिंट र अर्का एक नेतालाई हिरासतमा लिएको बताएका रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अहिले म्यानमारको राजधानी नेपिटाब र अन्य मुख्य सहरका सडकमा सेनाको बाक्लो उपस्थित रहेको छ ।

राजधानीमा टेलिफोन र इन्टरनेट सेवामा समेत प्रतिबन्ध लगाइएको छ । सुकीले १५ वर्षसम्म लामो नजरबन्दको जीवन बिताउनु भएको छ । सुकीले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाउनु भएको थियो । 

नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने

नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने

 

काठमाडाैं, माघ १८ । नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने भएका छन् । काठमाण्डौ उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्कने सेनाले जनाएको छ ।

यसलाई नेपाली सेनाले नियमित अभ्यास भनेको छ । सेनाले ट्विटमार्फत भनेको छ, ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।’

त्रिभुवन विमानस्थल १८ घण्टा मात्रै चलाउने तयारी, चार वटा एअरलाइन्सको विरोध

त्रिभुवन विमानस्थल १८ घण्टा मात्रै चलाउने तयारी, चार वटा एअरलाइन्सको विरोध

 

काठमाडाैं, माघ १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय १८ घण्टामा झार्ने तयारी भएको छ । विमान र यात्रुको सङ्ख्या कम भए पनि अहिले २१ घण्टा सञ्चालनमा रहेको विमास्थल अब १८ घण्टा मात्रै सञ्चालनको तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

यस विषयमा केही दिनभित्रै निर्णय हुने क्षेत्रीको भनाइ छ । कोरोना महामारीका कारण विमानस्थलको आम्दानी घटेको र २१ घण्टा सञ्चालन गर्दा खर्च धेरै बढ्ने भएकाले सञ्चालनको समय १८ घण्टामा झार्न लागिएको उहाँले बताउनुभयो ।

अहिले बिहान ६ बजेदेखि अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन हुँदै आएको छ । अहिले नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरि चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् । तर यी एअरलाइन्सको नियमित उडान नभएकाले रातभरि विमानस्थल सञ्चालन गर्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अहिले कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा तीन दिन राति १२ बजेपछि उडान गर्दै आएका छन् । नेपाल एअरलाइन्सले हप्तामा तीन दिन राति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ । कतार र एअर अरेबियाको उडान भने राति सवा २ बजे हुँदै आएकाे छ ।

विमानस्थल जम्मा १८ घण्टा सञ्चालन गर्ने निर्णयको चार वटा एअरलाइन्सले विरोध गर्दै आएका छन् । आफूहरूको तालिका नमिल्ने र पटक–पटक परिवर्तन गर्न सम्भव नभएको भन्दै उनीहरूले १२ बजेपछि पनि उडान हुनुपर्ने माग गर्दै आएकाे उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको पालामा २०७५ सालको जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुँदै आएको छ । 

भारतबाट आउनेलाई अनिवार्य कोरोना परिक्षण रिर्पोट

भारतबाट आउनेलाई अनिवार्य कोरोना परिक्षण रिर्पोट

 

दाङ, माघ १८ । नयाँ कोरोना भाइरस फैलन नदिनका लागि भारत लगायतका देशबाट आउने नागरिकलाई दाङ भित्रन कडाई गरिएको छ । विश्वका देशमा नयाँ कोरोना भाइरस संक्रमण देखिएकोले स्थलमार्ग हुँदै दाङ भित्रने नागरिकलाई कम्तिमा ७२ घण्टाभित्रको कोरोना परिक्षण रिर्पोट अनिवार्य गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले आज एक विज्ञप्ती जारी गरी भारतबाट आउने नागरिकले नाकामा ७२ घण्टाभित्रको कोरोना परिक्षण रिर्पोट दिनुपर्ने व्यवस्था अनिवार्य गरिएको उल्लेख छ ।

विज्ञप्तीमा अनलाइन फारम भर्न नसकेका नागरिकले सिमा नाकामा स्वास्थ्य परिक्षण गर्दाकै अवस्थामा अनलाइन फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।कोइलाबास नाका हुँदै आउने नागरिकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइट सिसिएमसी डट जिओभि डट एनपीमा रहेको अब्रोट रिटर्नी मेनेजमेन्ट सिस्टम फाराम अनिवार्य भर्नुपर्ने र त्यसको बाककोर्ड लिएर आउनुपर्ने भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जारी गर्नुभएको विज्ञप्तीमा सिमा नाकामा स्वास्थ्य परिक्षणको क्रममा लक्षण देखिएका नागरिकलाई अस्पतालमा पठाउने र अन्य व्यक्तिलाई पालिकासंग समन्वय गरी १० दिन सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख छ ।

लमहीमा अन्तरपाटी महिला सञ्जालकाे बैठक सम्पन्न

लमहीमा अन्तरपाटी महिला सञ्जालकाे बैठक सम्पन्न

 

शिवु खनाल
देउखुरी, माघ १८। अन्तरपाटी महिला सञ्जाल दाङकाे बैठक देउखुरी निर्वाचन क्षेत्र नं. १ लमहीमा सम्पन्न भएकाे छ । अन्तरपाटी महिला सञ्जाल दाङकाे जिल्ला अध्यक्ष शुसिला पाैडेलकाे अध्यक्षतामा आइतवार लमहीमा क्षेत्रीय स्तरकाे घुम्ती बैठक सम्पन्न भएको हाे ।

बैठकमा सबै पालिकाहरूले आफ्नाे गतिविधिकाे रिपोर्ट गरेका थिए । बैठकमा सञ्जालकाे जिल्ला सदस्य मिना गुरूङ, जिल्लाका पूर्वअध्यक्ष पुनम सेरपाइलिले समसामयिक विषयमा आफ्नाे धारण व्यक्त गरेका थिए । राजनीतिसंग जाेडिएका महिला भएको हुनाले स्मारिकाकाे विषयमा बैठकमा छलफल गरिएको थियोे ।

‘केजीएफ २’ को रिलिज मिति घोषणा

‘केजीएफ २’ को रिलिज मिति घोषणा

 

मुम्बई । बलिउड स्टार सञ्जय दत्त र साउथ स्टार यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र सन् २०२१ को जुलाई १६ मा रिलिज हुने भएको छ । अभिनेताद्वयय सञ्जय र यशले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

यस चलचित्रको रिलिजका लागि भारतलगायत नेपालका दर्शकहरु पनि व्यग्र प्रतीक्षामा छन् । हालै रिलिज भएको टिजर पनि दर्शकले निकै मन पराइरहेका छन् ।

सञ्जयले उनको ट्वीटर ह्यान्डलमा चलचित्रको नयाँ पोस्टर सार्वजनिक सार्वजनिक गर्दै लेखेका छन्, “केजीएफ २, १६ जुलाई २०२१ मा वर्ल्वाइड रिलिज हुँदै छ ।” यस्तै, अभिनेता यशले पनि लेखेका छन्, “तपाइँको सिटबेल्ट टाइट गर्नुहोस्, किनभने रिलिज मिति पक्का भइसकेको छ ।”

च्याप्टर २ मा सञ्जय दत्त अधीराको भूमिका देखिँदै छन् । सञ्जय र यशका साथै रवीना टण्डन, प्रकाश राज, श्रीनिधि शेट्टी महत्वपूर्ण भूमिकामा छन् ।प्रशान्त नीलको निर्देशनमा बनेको ‘केजीएफ : च्याप्टर २’ कन्नड, हिन्दी, तमिल, तेलुगू र मलयालममा रिलिज हुनेछ । यो सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को सिक्लेल हो, जुन निकै हिट भएको थियो ।

रुकुम पश्चिमबाट विप्लव निकट विद्यार्थी अध्यक्ष सहित पाँच जना पक्राउ

रुकुम पश्चिमबाट विप्लव निकट विद्यार्थी अध्यक्ष सहित पाँच जना पक्राउ

 

दाङ, माघ १८ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सहित ५ जनालाई पक्राउ गरिएको छ । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पाटीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सहित ५ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जिल्लाको त्रिबेणी २ बेतखोला बस्ने २४ बर्षिय प्रेम बहादुर बोहोरा (प्रशान्त) रहेका छन् । उनी विद्यार्थी संगठन जिल्ला अध्यक्ष हुन् । यस्तैगरी सोहि गाउँपालिका वडा नम्वर ९ प्युउगा बस्ने १६ बर्षिय नविन वली , मुसिकोट नगरपालिका १ बस्ने १९ बर्षिय सागर बुढा , सोहि ठाउँका १७ बर्षिय अभिषेक बुढामगर र २७ बर्षिय किरण रसाईली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सोहि क्रममा उनीहरुलाई मुसिकोट १ रावलबाडामा संगठन बिस्तार गर्ने क्रममा प्रहरीले आईतवार नियन्त्रणमा लिएको जानकारी दिईएको छ । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।गएको माघ १० गते त्रिवेणी ६ बिसौनी नजिकै सडकमा प्रेसर कुकर बम फेला परेपछि प्रहरीले जिल्लामा सक्रियता बढाएको थियो ।

२५ लाख पाउने आशमा आफ्नै दाजुको हत्या

२५ लाख पाउने आशमा आफ्नै दाजुको हत्या

 

दाङ, माघ १८। रुपन्देहीमा केही दिनअघि भएको हत्या घटनामा २५ लाख पाउने लोभमा आफ्नै भाइले दाजुको हत्या गरेको प्रहरीले खुलासा गरेको छ । माघ ६ गते जिल्लाको मायादेवि गाउँपालिका वडा नम्वर ७ गते गैरगट्टी दानव नदी नजिकै स्थानीय ३४ बर्षीया राजेन्द्र यादव हत्या गरेर फालिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरी अनुसन्धानबाट एक कठ्ठा जग्गा वा २५ लाख दिने सुपारि दिए पछि मृतककै भाइ बिरेन्द्र यादवसहित ८ जनाको समूहले हत्या योजना बनाएको पुष्टि भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।

हत्या घटनामा संलग्न मृतकका भाई बिरेन्द्र यादव, सन्तकुमार यादव, सियारी गाउँपालिका २ का रामबेलास यादव, बुद्धिराम कोहार, हत्या घटनाका सहयोगी सिद्धार्थ नगरपालिका ११ का राकेश यादव, अफताफ मुसलमानलाई पक्राउ गरिएको र थप दुई जना फरार रहेको एसपी पोखरेलले बताए ।

उनका अनुसार हत्या घटनामा सहयोगी लङारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन ।

कांग्रेसका १३ वटै भातृ संगठनद्वारा भोली ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने

कांग्रेसका १३ वटै भातृ संगठनद्वारा भोली ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने

काठमाडौं, माघ १८ । नेपाली कांग्रेसको १३ वटै भातृ संगठनले भोली ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। 

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्‍त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्‍त्रिक कदमविरुद्ध प्रदर्शन गर्न लागिएको जनाएको हो। 

“नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रधानमन्‍त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्‍त्रिक कदमविरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं,” कांग्रेसले विज्ञप्तिमा भनेको छ।

भोलिको प्रदर्शनमा सहभागी बन्‍न देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रह गरेको छ। 

भोली प्रदर्शन गर्ने कांग्रेस भातृ संगठनमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्‍त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्‍त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज छन्। 

ओली पक्षको माघ २३ गते नारायणहिटी सडकमा जनसभा तयारी

ओली पक्षको माघ २३ गते नारायणहिटी सडकमा जनसभा तयारी

 

काठमाडाैं, माघ १८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौं गर्ने जनसभाको तयारी गरेको छ। 

काठमाडौंको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ। 

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको  बताए। 

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ।

प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो। 

सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ। 

यस्तै, प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ। राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घलेस्वयम्सेवक परिचालन गर्ने जनाइएको छ।

सो दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलुसमा सहभागी हुने छ।  

जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ।

सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको छ। गत पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ। (रासस)

प्रचण्ड–माधव पक्षको धर्ना कार्यक्रम स्थगित, आन्दोलन थप सशक्‍त बनाउने

प्रचण्ड–माधव पक्षको धर्ना कार्यक्रम स्थगित, आन्दोलन थप सशक्‍त बनाउने

 


काठमाडौं, माघ १८ ।  प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले माघ १४ बाट माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ। आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप आजबाट धर्नाको कार्यक्रम स्थागित गरिएको हो। 

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको उपस्थितिमा आजबाट धर्ना कार्यक्रम स्थगित गरिएको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन्। धर्ना कार्यक्रम २१ गतेसम्मका लागि तोकिएको थियो। यसअघि पुस १० गते पनि ‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा बसेका थिए।

यो समूहले बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेको प्रचण्ड नेपाल समूहले तेस्रो चरणमा पनि काठमाडौंलगायत देशभर प्रदर्शन तथा विरोधसभाका कार्यक्रम आयोजना गरेको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ। अहिले दुबै समूह देशभर आमसभा गर्न व्यस्त छन्। सत्तारुढ समूह चुनाव लक्षित सभामा व्यस्त छ भने प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त छ।


देशकै सबैभन्दा ठूलो सबस्टेशन, पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी

देशकै सबैभन्दा ठूलो सबस्टेशन, पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी



दाङ, माघ १८  देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्ने तयारी छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १ सय ६० एमभीएका दुई र ३ सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ ।

यस्तै कूल ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३ सय १५ एमभीए क्षमताका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् ।

मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ ।

गुणस्तरिय स्वास्थ्य सेवामा अव्वल मितेरी हस्पिटल

गुणस्तरिय स्वास्थ्य सेवामा अव्वल मितेरी हस्पिटल



दाङ, माघ १८  घोराही उपमहानगरपालिका वडा नंम्वर १८ नवलपुरबाट सञ्चालनमा आएको मितेरी हस्पिटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । विगत १० वर्षदेखी सेवा प्रदान गर्दै आईरहेको हस्पिटल २०७२ सालदेखी चिनारी हस्पिटलबाट मितेरी हस्पिटलमा रुपान्तरण भएको हो । मितेरी हस्पिटलले गुणस्तरिय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी उपचार गर्दै आएको छ ।

गत साउनदेखी नयाँ व्यवस्थापनका साथ हस्पिटललाई विकास गर्ने योजनाका लागी लगानी, जनशक्ति र श्रोत साधन समेतलाई बृद्धि गर्दै लगिएको हस्पिटले जनाएको छ । साउनभन्दा पहिले १० जनाको लगानीमा सञ्चालनमा रहेको मितेरी हस्पिटल अहिले माहाविर भण्डारी, माधव भण्डारी र डा. गोपाल सागर डिसी गरी ३ जनाको संयुक्त लगानीमा सञ्चालनमा रहेको छ । साउन यता मात्रै थप २ करोड हस्पिटललाई व्यवस्थित बनाउनको लागी लगनी गरिएको छ ।

१५ वेडको स्वीकृती प्राप्त हस्पिटलमा अहिले ४५ बेड सञ्चालनमा रहेका छन् भने यसलाई ५० वेडको स्वीकृती लिने तयारीमा अफुहरु रहेको सञ्चालक माधव भण्डारीले बताउनु भयो । अहिले दाङका हस्पिटलमा उपचार हुदैन भनेर अन्यत्र जानु पर्ने बाध्यता हटेको भन्दै सम्पुर्ण विशेषज्ञ सेवा मितेरी हस्पिटलमै पाउन सकिने उहाँले बताउनु भयो ।

अहिले हस्पिटलमा जनरल फिजिसियन डा. सरोजा बस्याल, नशारोग विशेषज्ञ डा. गोपाल सागर डिसी, डा. हिमान्सु शाहा, नाक कान घाटि रोग विशेषज्ञ डा. आशिष खड्की रहुनु भएको छ । यस्तै महिला तथा प्रसुती रोग विशेषज्ञ डा. अनुपमा शर्मा, बालरोग विशेषज्ञ डा. कृष्णहरी सुवेदी, रेडियोलोजिष्ट विशेषज्ञ डा. रामेश्वर देवकोटा रहनु भएको छ ।

यस्तै २४ सैँ घण्टाका लागी मेडिकल अफिसर प्रदिप घिमिरे रहनु भएको छ । २४ सैँ घण्टाका लागी हस्पिटलको एम्वुलेन्स पनि रहेको सञ्चालन भण्डारीले जानकारी दिनुभयो ।

हस्पिटलमा डिजिटल एक्सरे, अत्याधुनिक ल्याव सेवा, दुर्पिनविधिबाट ईन्डोस्कोपी, ईएनटि को सम्पुर्ण सेट, हड्डिको लागी रडहरु राख्ने र झिक्ने सेवा सुविधा प्रदान गर्दै आईरहेको सञ्चालक महाविर जिसीले जानकरी दिनुभयो ।

अहिले हस्पिटलमा ५ वटा क्याविन बेड छ भने हस्पिटलमै फर्मेसी सेवा उपलब्ध छ । सञ्चालक भण्डारीले भन्नुभयो,–‘ईमरजेन्सी परेमा हामी दिनरात जुनसुकै वेला पनि विशेषज्ञ सेवा दिन तयार छौँ । हामी अव आईसियू र भेन्टिलेटर थप्ने तयारीमा पनि छौँ । पोलीको अपरेशनको सेवालाई विस्तार गर्ने योजना बनाएका छौँ, उहाँले भन्नु भयो ।

यस्तै आर्थिक अवस्था कमजोर भएकाहरुको अवस्था हेरेर विशेष छुटका साथ वा निशुल्क गर्ने उहाँले बताउनु भयो । पैसाकै कारण उपचार नपाएर कोही कसैको पनि मृत्यु नहोस् भनेर सञ्चालक समितीलाई भेटर आफ्ना कुरा राखे निशुल्क समेत गरिदिन सकने सञ्चालक भण्डारीले बताउनु भयो ।

वाग्मतीमा फोहाेर फाल्ने तीन कम्पनी कारबाहीमा

वाग्मतीमा फोहाेर फाल्ने तीन कम्पनी कारबाहीमा

काठमाडाैं, माघ १८ । वाग्मती नदीकाे किनारमा फोहाेर फाल्ने तीन कम्पनीलाई कारबाही गरिएको छ ।

तीनकुनेमा रहेकाे नदी किनारमा सफाइका क्रममा काठमाण्डौ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई दुई हजार, विनोद पानपसल आलोकनगरलाई एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई ५०० रुपैयाँ जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिनुभयो ।

गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहाेर नफाली तोकिएको ठाउँमामात्र व्यवस्थापन गर्न काठमाण्डौ महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो ।
 
जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ । ४०३ औँ हप्ताको सफाईमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा अभिनेत्री नीता ढुङ्गाना पनि सहभागी हुनुभएको थियो । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो ।

 

टिप्परलाई साइड दिने क्रममा मोटरसाइकल घरमा ठोक्किँदा चालकको ज्यान गयो

टिप्परलाई साइड दिने क्रममा मोटरसाइकल घरमा ठोक्किँदा चालकको ज्यान गयो

 



काठमाडाैं, माघ १८ । मोटरसाइकल दुर्घटनामा परेर काठमाण्डाैमा दुई जनाको ज्यान गएको छ ।


काठमाण्डाैको कागेश्वरी मनोहरा नगरपालिका ७ अमरसिंह चोकमा बा ९३ प ३३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुली घर भएर भक्तपुर बस्ने ३१ वर्षका निराजन बरालको ज्यान गएको छ । सडक लेन मिचेर आउँदै गरेको बा ५ ख ४३ ७३ नम्बरको टिप्परलाई साइड दिने क्रममा मोटरसाइकल घरमा ठोक्किएको थियो ।

मोटरसाइकल चालक बरालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै, काठमाण्डाैको नयाँ बसपार्कमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लमजुङको दोर्दी गाउँपालिका ७ का ५६ वर्षका सुनमायाँ गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रिमियर लिग : सेफिल्डसँगकाे खेलमा म्यानचेस्टर सिटी विजयी

प्रिमियर लिग : सेफिल्डसँगकाे खेलमा म्यानचेस्टर सिटी विजयी

 


काठमाडाै, माघ १८ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । 


गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले हरायो । म्यानचेस्टरको जितमा ग्राब्रियल जिससले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४ अंकको दूरी कायम गरेको छ ।

यस्तै, गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेलेको छ । यस्तै, गएराति नै भएका खेलमा क्रिस्टल प्यालेसले वुल्भ्स्लाई र एस्टोन भिल्लाले साउथह्याम्टन समान १–० गोल अन्तरले  पराजित गरेका छन् । 

वेष्ट ब्रोम र फुलह्यामले भने दुई/दुई गोलको बराबरी गरेका छन् । 

किसानले भाेक हड्ताल थालेपछि दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध

किसानले भाेक हड्ताल थालेपछि दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध

 

काठमाडाै, माघ १८ । किसानले भोक हड्तालकाे सुरु गरेपछि भारतको दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको छ । 

शान्ति सुरक्षाका लागि भन्दै किसानले पक्कड जमाएका दिल्लीका तीन क्षेत्रलाई लक्षित गरी इन्टरेनटमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

भोक आन्दोलनरत किसानहरुलाई लक्षित गरेर दिल्लीको सिङ्घु, गाजीपुर र टिक्रीमा मोबाइल इन्टरनेटमा बन्द गरिएको हो । आज मध्यरातसम्म नै मोबाइल इन्टरनेटमा प्रतिबन्ध लाग्ने त्यहाँको सरकारले जनाएको छ । 

भारत सरकारले ल्याएको कृषिसम्बन्धी नयाँ कानुन फिर्ता लिनुपर्ने भन्दै लामो समयदेखि किसान आन्दोलनमा छन् । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्ने गरेर सरकारले ल्याएको कानुनले आफूहरुलाई विस्थापित गर्ने किसानको गुनासो छ । 

आन्दोलनरत किसान र सरकारबीच यसबीचमा पटक-पटक वार्ता भएपनि निष्कर्ष निस्कन सकेको छैन । आन्दोलनरत किसानले भारतको गणतन्त्र दिवसका अवसरमा दिल्लीमा ट्र्याक्टरसहित र्‍याली निकालेका थिए ।  

आज सुनकाे भाउ ताेलामा एक सय रुपैयाँ बढ्याे

आज सुनकाे भाउ ताेलामा एक सय रुपैयाँ बढ्याे

 

काठमाडाैं, माघ १८ । हप्ताको पहिलो दिन आज सुनको भाउ सामान्य बढेको छ ।

सुनकाे भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । अस्ति शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १३ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

काठमाण्डौमा बर्ड फ्लू :  सम्भावित क्षेत्रमा उच्च निगरानी, राम्रोसँग पकाएर मासु खान डाक्टरको सल्लाह

काठमाण्डौमा बर्ड फ्लू : सम्भावित क्षेत्रमा उच्च निगरानी, राम्रोसँग पकाएर मासु खान डाक्टरको सल्लाह

 

काठमाडाैं, माघ १८ । काठमाण्डौमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ ।

यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि जनाएको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि काठमाण्डौमा बर्ड फ्लूकाे पुष्टि भएको हो ।

बर्ड फ्लू काठमाण्डौमा देखा पर्यो भन्नेबारे भने अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । भारतका विभिन्न राज्यमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ गरिएको सरकारले बताउँदै आएको थियो । यस्तै सीमानाकासहित देशका विभिन्न ठाउँमा पनि निगरानी बढाइएको छ ।

रोग पुष्टि भएको क्षेत्र काठमाण्डौको तारकेश्वर नगरपालिका-७ क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी र रोग सार्न सक्ने बस्तु नष्ट गरिएको र अरु ठाउँमा पनि सङ्क्रमण सर्न नदिन कडाइ गरिएको विभागका सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा काठमाण्डाैमा बर्ड फ्लू पुष्टि भएको हो ।

बर्ड फ्लू पंक्षीबाट मान्छेमा पनि सर्न सक्ने सम्भावना रहेकाले राम्रोसँग पकाएर मात्रै मासु खानुपर्ने डाक्टरहरुको भनाइ छ । डाक्टरकाअनुसार बर्ड फ्लूको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने भएकाले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।
 

 पोखरामा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एकको ज्यान गयो

पोखरामा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एकको ज्यान गयो

  काठमाण्डौ, माघ १७ । कास्कीको पोखरा महानगरपालिका १० बुद्धचोकमा गुडिरहेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । 

गुडिरहेको ना ५ ख १६ ५० नम्बरको ट्रकमा तीव्र गतिमा रहेको ग १६ प ५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा परि पर्वतको पैयुँ गाउँपालिका ४ भोर्लेका मोटरसाइकल चालक अनिल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल पछाडि बस्ने पर्वतको महाशीला गाउँपालिका(३ का गौतम अधिकारीको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचाखर भइरहेको छ । 

 प्रधानमन्त्री कप : आर्मीले एपीएफलाई दियो २ सय १२ रनको लक्ष्य

प्रधानमन्त्री कप : आर्मीले एपीएफलाई दियो २ सय १२ रनको लक्ष्य

  काठमाण्डौ, माघ १७ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई जितका लागि २ सय १२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको हो । आर्मीका हरि चौहानले ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३र१३ रन जोडे ।

अनिल मण्डल र बिक्रम शोब समान ११र११ रन बनाए । एपीएफका अविनाश बोहोराले ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १र१ विकेट लिए । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

 कक्षा ११ र १२ मा गणित पनि अनिवार्य

कक्षा ११ र १२ मा गणित पनि अनिवार्य

  काठमाण्डौ, माघ १७ । कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ ।

यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । 

नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्बोधन गर्दै गणितलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी झैँ अनिवार्यको ‘वा’ मा थप गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा रहेको परिषद्को बैठकको निर्णय र सिफारिसको कार्यान्वयन शिक्षा मन्त्रालय र मातहतको पाठ्यक्रम विकास केन्द्रले गर्नेछ । यो निर्णय यसै शैक्षिकसत्रदेखि लागू हुनेछ । ११ र १२ मा नेपाली र अङ्ग्रेजी विषय भने स्वतस् अनिवार्य हुनेछ ।

गणितलाई अनिवार्य विषयबाट हटाइएकाले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा गएको पुस २८ गते दिइएको फैसलामा नयाँ पाठ्यक्रम लागू गर्न बाधा नहुने तर गणित विषयलाई समावेश गर्ने गरी निर्देश गरिएको थियो ।

२०७५ जेठ १८ गतेको परिषद्को बैठकले नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि सिफारिस गरेको थियो । त्यस निर्णयका आधारमा शिक्षा मन्त्रालयले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ जारी गरी  गणितलाई ऐच्छिक विषयमा राखिएको थियो ।

गणित विषयको अनिवार्यताबारे अभियान सञ्चालन गर्दै आएको ‘नेपाल गणित समाज’का सहसचिव डा जीवन काफ्लेले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारूपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’को सट्टामा विद्यार्थीले चाहेमा गणित विषय रोज्न पाउने निर्णय हुनु सकारात्मक भएको बताउनुभयो ।

उहाँले आफूहरुको अभियान सार्थक भएको पनि बताउनुभयो । त्यस समाजले गणितलाई अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको विरोधमा सडक प्रदर्शनलगायत विभिन्न दबाबमूलक कार्यक्रमसमेत गरेको थियो । 

कक्षा १० र ११ मा करिब पाँच लाख विद्यार्थीले वार्षिक अनिवार्य गणित पढ्ने गरेको जनाइएको छ । गणितलाई अनिवार्यबाट हटाउने विज्ञले भने धेरै विद्यार्थी त्यस विषयमा अनुत्तीर्ण हुने भएकाले ऐच्छिकमा राख्दा विद्यार्थीको बोझ घट्ने र समग्रमा विद्यार्थीको राम्रो ग्रेड आउने विश्लेषण गर्दै आएका थिए । 

गणित विषय अनिवार्य नभएमा उच्चशिक्षामा विज्ञान, प्रविधि र इञ्जिनियरिङजस्ता विषयमा गम्भीर असर पर्ने सम्बन्धित विज्ञले जनाउँदै आएका थिए । सरकारले ल्याएको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ मा गणित विषय अनिवार्यमा नपारिएपछि सर्वोच्च अदालतमा परेको रिट केही महिना निवेदन विचाराधीन रहेको अवस्थामा नयाँ पाठ्यक्रम कार्यान्वयनको अन्योल उत्पन्न भएको थियो । विद्यालयले भने नयाँ पाठ्यक्रमका आधारमा पढाइ सुरु गरिसकेका थिए ।

परिषद्को पछिल्लो निर्णयले उच्चशिक्षामा जीव विज्ञान, रसायन शास्त्र र भौतिक विज्ञान पढ्ने विद्यार्थीले गणित विषयलाई मूल विषय बनाउन सहजरुपमा पाउनेछन् । गणित विषयले विद्यार्थीमा हरेक विषयका बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढङ्गले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमताको एवम् विद्यार्थीलाई खोजअनुसन्धान गर्ने सामर्थ्यको विकास गराउने विज्ञको तर्क छ ।

समाजशास्त्री र मानवशास्त्रीले ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ अनिवार्यमा पर्नुलाई संविधान, सङ्घीयता, समावेशीता र लोकतान्त्रिक गणतन्त्र अनुकूल मानेका छन् । उहाँहरुले सामाजिक अध्ययनको अनिवार्यताले विद्यार्थीमा समाज र देशप्रतिको बुझाइ र प्रेम बढ्नाका साथै व्यवहारिक र सीपमूलक शिक्षामा प्रवद्र्धन भएर रोजगारीका लागि बाध्यतावश विदेशिने समस्या न्यून हुने अपेक्षा गरेका छन् । यस तर्कमा गणितका विज्ञले आपत्ति जनाएका छैनन् । 

नेपालको संविधान, सङ्घीय संरचना, एक्काइसौँ शताब्दी अनुकूल शिक्षा र समृद्धिको लक्ष्यलाई ध्यानमा राखेर गएको २०७६ भदौ २० राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्बाट स्वीकृत नयाँ पाठ्यक्रम प्रारुपबारे विवाद उत्पन्न भएपछि गएको वर्ष पाठ्यक्रम विकास केन्द्रले त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानका प्रा डा सुवर्ण शाक्यको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो।

यस कार्यदलले पनि गणितलाई पनि अनिवार्यमा समावेश गर्न सुझाव दिएको थियो ।

 दिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, आतंकवादी आक्रमण हो कि होइन ?

दिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, आतंकवादी आक्रमण हो कि होइन ?

दाङ, माघ १७ । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको हो ।

विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेका दिल्ली प्रहरीले जनाएको छ ।

बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । भारतका लागि इजरायली राजदूत रोन माल्काले बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भारतसँग मिलेर भइरहेको जानकारी दिएका छन् ।

यसैगरी दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले चर्चामा आउने उद्देश्यले कसैले बम विष्फोट गराएको हुन सक्ने बताएका छन् । उनले बम विष्फोटबाट भौतिक क्षति नभएको जानकारी दिएका छन् ।

घटनास्थलको निरीक्षण गरेपछि दिल्ली प्रहरीका कमिश्नर एसएन श्रीवास्तवले यस घटनाको अनुसन्धान विशेष सेलले गरिरहेको जानकारी दिँदै यो आतंकवादी आक्रमण हो कि होइन भनेर अहिल्यै भन्नु हतार हुने प्रतिक्रिया दिएका छन् ।

राजधानी नयाँदिल्लीमा बम विष्फोट भएपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयहरुमा सुरक्षा बढाइएको छ ।

सन् २०१२ को फेब्रुअरीमा दिल्लीमा इजरायली कूटनीतिज्ञले प्रयोग गर्ने कारमा बम आक्रमण भएको थियो । सो आक्रमणको दोष इजरायलले इरानमाथि लगाएको थियो ।

प्रधानमन्त्री कप : उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै

प्रधानमन्त्री कप : उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै

 

  काठमाण्डौ, माघ १७ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे हुनेछ । एपीएफका कप्तान शरद भेषवाकारले फाइनलसम्म पुग्नु एपीएफका लागि ठूलो उपलब्धि भएको र फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्ने बताए । 

आर्मीका कप्तान बिनोद भण्डारीले आवश्यक पर्दा संकट टार्ने क्षमताका खेलाडी रहेकाले आजको उपाधि जित्न प्रयत्नशील रहने बताएका छन् । 

एपीएफले पहिलो सेमिफाइनलमा अर्का विभागीय टोली नेपाल पुलिसलाई हराएर फाइनलमा पुगेको हो भने त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो ।  

 वीपीले कम्युनिस्टसँग सहयात्रा वा आन्दोलन नगर्नू भन्नुभएको छ : डा. शेखर कोइराला

वीपीले कम्युनिस्टसँग सहयात्रा वा आन्दोलन नगर्नू भन्नुभएको छ : डा. शेखर कोइराला

  सर्लाही, माघ १६ । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाई द्वन्द्वमा फसाउन खोजेको बताउनुभएको छ ।

सर्लाहीको हरिवनमा महिला सशक्तीकरण भूमिका विषयक प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्नुहुँदै नेता कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापना र चुनाव दुवै कांग्रेसले स्वीकार गर्ने  बताउनुभयो । ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाई असंवैधानिक, अराजक, अधिनायकवादतर्फ लैजान खोजेकाले अहिले कांग्रेसले त्यसको विरोधमा सडकबाट आन्दोलन गरिरहेको उहाँको भनाइ छ । 

नेता कोइरालाले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नुभएको छ, नेपाली कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा छ , त्यसका लागि कांग्रेसले एकलौटीरूपमा सडकबाट आन्दोलन गर्छ, कांग्रेस कुनै पार्टीसँग मिलेर आन्दोलन गर्ने पक्षमा छैन, प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा रहेकाले अहिले हामी निर्णयको प्रतिक्षामा छौँ, अदालतले चुनावको पक्षमा फैसला गरे त्यसलाई स्वीकार गर्दै वैशाख १७ र २७ गते हुने चुनावमा कांग्रेसको सहभागिता हुन्छ । 

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई आन्दोलन गर्न आवश्यक पर्‍यो भन्दैमा कांग्रेस पछि लागेर नजाने नेता कोइरालाको दाबी छ । वीपी कोइरालाले कम्युनिस्टहरूसँग सहयात्रा वा आन्दोलन नगर्नु भन्नुभएको स्मरण गराउनुहुँदै उहाँले प्रधानमन्त्री ओलीको ुअसंवैधानिक कदमु को डटेर सामना गर्ने चेतावनी दिनुभयो ।

नेता कोइरालाले फरक प्रसङ्गमा भन्नुभयो, ‘नेपाली कांग्रेसभित्र व्यक्तिवादी चरित्र हावी हुँदै गएको छ, पार्टीभित्र स्वार्थी भावनाको विकास हुदै जाँदा जातीयवाद र साम्‍प्रदायि‍कता बढ्न थालेकाले पार्टीभित्र फेरि सहकार्य, सहमति र एकताको आवश्यकता रहेको छ ।’

कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय नेता तथा जिल्लाका अगुवा नेताहरूले सम्बोधन गरेका थिए । 

 मैले नेतृत्व गरेको नेकपा अनुशासित पार्टी हो : प्रधानमन्त्री

मैले नेतृत्व गरेको नेकपा अनुशासित पार्टी हो : प्रधानमन्त्री

  काठमाण्डौ, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासित भएको बताउनुभएको छ । 

शुक्रबार काठमाण्डौ महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपा अनुशासित पार्टी भएको बताउनुभएको हो ।

विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरू पार्टीबाट बाहिर भएको भन्दै उहाँले नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताउनुभयो । आफ्नो पार्टी विजय यात्रामा अघि बढेको उहाँको भनाइ छ । 

प्रतिनिधि सभा विघटन गरेर पछारिएका ओली खुट्टा उचालेर मेरो खुट्टा माथि नै छ भनिरहेका छन् : नेता नेपाल

प्रतिनिधि सभा विघटन गरेर पछारिएका ओली खुट्टा उचालेर मेरो खुट्टा माथि नै छ भनिरहेका छन् : नेता नेपाल

 

मोरङ, माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाभित्र तमासा गर्ने एकमात्र व्यक्ति केपी शर्मा ओली भएको आरोप लगाउनुभएको छ ।

विराटनगरमा आयोजित आफ्नो समूहको विरोध सभालाई सम्बोधन गर्दै नेपालले संविधानमाथि घात गर्ने काम ओलीले गरेको बताउनुभएको हो । नागरिकको त्याग र बलिदानबाट आएको संविधानको घाँटी रेट्ने काम केपी ओलीबाट भएको नेता नेपालको भनाइ छ । 

‘आफूलाई प्रथम अध्यक्ष भन्ने तर पार्टीलाई नमान्ने एकमात्र पार्टीभित्रको तमासा गर्ने व्यक्ति केपी ओली हुन्’, उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीमा कोही व्यक्ति सुप्रिम हुँदैन, आफुलाई पार्टीभन्दा माथि ठान्छ भने त्यो व्यक्ति कम्युनिस्टको नेता हुन सक्दैन, त्यो व्यक्ति तानाशाह हुन्छ ।’

केपी ओली ओरालो लागिसकेको व्यक्तिको पछि लाग्ने ओलीका मान्छेका अनुहार मलिन हुँदै गएको, ओली गुटमा लागेका व्यक्तिहरू शोक, बेहाल, बिजोग र घर न घाटको अवस्थामा पुगेको नेता नेपालको भनाइ छ । ‘प्रतिनिधि सभा विघटन गरेर पछारिएका ओली पछारिएपछि पनि खुट्टा उचालेर मेरो खुट्टा माथि नै छ भनिरहेका छन्’, नेपालले भन्नुभयो, यस्तो अवस्थामा उनको गुटमा भएका केही व्यक्तिहरू बेहाल अवस्थामा छन् ।’

वकिल, पूर्वप्रधानन्यायाधीश, पत्रकार, नागरिक समाजलाई, सबैलाई ओलीले अपमान गरेको उहाँको आरोप छ । कम्युनिस्टहरू संस्कार बोकेर हिँड्ने, सबैलाई सम्मान गर्ने पार्टी भएकाले आफूहरूले सबैलाई इज्जत र प्रतिष्ठा गर्ने तर ओलीले अपमानमात्र गरेको नेता नेपालको भनाइ छ ।

कम्युनिस्ट पार्टी, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समानुपातिक र समावेशितासँग ओलीलाई एलर्जी भएका कारण त्यसलाई बिगार्ने काम ओलीले गरेको तर आफूहरूले बनाउँदै गएको नेपालले बताउनुभयो ।

‘पूर्वएमाले र पूर्वमाओवादी सकिएको अवस्थामा पनि ओलीले एमाले–एमाले भन्दै आएका छन्, एक भएको अवस्थामा अहिले कहाँबाट एमालेको कुरा आयो रु’ नेता नेपालको प्रश्न छ । उहाँले सूर्य चिह्न आफ्नै हुने दाबी गर्नुभयो ।  

 प्रचण्डको प्रश्न : छोराछोरीलाई अमेरिका नपठाइ गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो दोष हो ?

प्रचण्डको प्रश्न : छोराछोरीलाई अमेरिका नपठाइ गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो दोष हो ?

  मोरङ, माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रतिक्रियावादी एजेण्टले सार्वभौम संविधानलाई अतिक्रमण गरेको आरोप लगाउनुभएको छ । 

विराटनगरमा आफ्नो समूहको विरोध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीलाई भष्मासुर भन्दै प्रतिक्रियावादीहरूको एजेण्ट भएर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउनुभएको हो । यद्यपि दाहालले प्रतिनिधि सभा विघटन भने नभएको दाबी गर्नुभएको छ । देख्दा विघटन जस्तो देखिए पनि विघटन नभएको दाबी गर्दै दाहालले ७० वर्षदेखि लड्दै आएको लोकतन्त्रवादी र कम्युनिस्ट आन्दोलनको उपलब्धि र नागरिकमाथि आक्रमण भएको आरोप लगाउनुभयो । उहाँले आफूमाथिको आक्रमणलाई प्रतिकार गर्न नागरिकलाई आग्रहसमेत गर्नुभयो । 

नेकपा पार्टी एक गर्ने र एकताको गठबन्धनको प्रस्ताव ल्याउने व्यक्ति आफू भएको पनि दाहालले बताउनुभएको छ । ‘शक्तिशाली पार्टी र समाजवादतर्फ जाऔँ भनेर भन्ने व्यक्ति म आफै हो, उहाँले भन्नुभयो, तीन वर्ष नहुँदै प्रतिगमन र प्रतिक्रान्तिको काम भएको छ, अहिले मलाई नागरिकको अघि भन्न पनि लाज लागेको छ ।’

चुनावी अभियानका बेला छोराको निधन भएको सम्झिँदै दाहालले देशलाई समाजवादको दिशामा लगेर अहिलेका युवायुवतीलाई उज्यालो पार्ने आफ्नो सपना रहेको बताउनुभयो । समाजवादको दिशामा अघि बढ्दै गरेको बेला केपी ओली प्रतिक्रान्तिकारीको खोपी बनेर उभिएको उहाँको भनाइ छ । 

‘केपी ओली बेइमान, ठगीधन्दा र खुरापातको माध्यमबाट अघि बढेका छन्’, दाहालले भन्नुभयो, ‘प्रतिक्रान्तिकारीहरूले ओलीलाई घेरेका छन्, सामन्त र दलाल पुँजीपतिको पक्षमा ओली उभिएर प्रतिनिधि सभा विघटन गरेका हुन् ।’

आफ्ना नाता गोतालाई मात्र हेर्ने गरेको प्रचण्डलाई आरोप लगाउँदै आउनुभएका ओलीका विरुद्धमा उहाँले कडा अभिव्यक्ति दिनुभएको छ । सभालाई सम्बोधन गर्दै दाहालले भन्नुभयो, ‘म निःसन्तान भइनँ, के मेरो दोष हो रु मैले छोराछोरीलाई अमेरिका पठाइँन, छोराछोरीलाई मसँगै बन्दुक बोकाएर जङ्गल लिएर गएँ, त्यो मेरो दोष हो रु’

भावुक देखिनुभएका प्रचण्डले सम्बोधनका क्रममा भन्नुभयो, ‘म तपाईँसँग न्याय चाहन्छु, केपी ओलीले अत्याचार गर्न खोजे, शान्ति र न्यायका लागि जसले त्याग र बलिदान दियो, त्यसलाई निमेट गर्ने र अपमान गर्ने काम ओलीले गरेका छन् । छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराउनु मेरो दोष हो रु छोरी भएपछि ज्वाइँ हुन्छ, छोराको बुहारी हुन्छ, नातिनातिना हुन्छन्, के त्यो मेरो दोष हो रु धर्म छोरी भन्दै मैले कसैलाई नजिक पार्ने काम गरेको छैन ।’ धर्म छोराछोरी भन्दै तीनैलाई मात्रै हेर्न नागरिकका दुःख सुखमा साथ नदिने काम ओलीले गरेको दाहालको भनाइ छ ।

दाहालले देश कोरोना महामारीले आक्रान्त भएको बेला औषधि ल्याउनका लागि भ्रष्टाचार गर्ने व्यक्तिलाई च्यापेको, ७० करोड भ्रष्टाचार गर्नेलाई जोगाएको समेत आरोप लगाउनुभयो । नागरिक ओलीका विरुद्ध सडकमा आएकाले अब ओलीको श्री ३ महाराज बन्ने शोखलाई क्षणभरमा सकिदिने उहाँको दाबी छ । 

प्रतिनिधि सभा बैठक बोलाउन सक्छौँ

सभालाई सम्बोधन गर्दै दाहालले प्रतिनिधि सभा भङ्ग नभएको दोहोर्‍याउनुभएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो प्रतिनिधि सभा विघटन भएको हैन, केपी ओली विघटन भएको हो, केपी ओलीको सरकार भङ्ग भएको हो ।’ इतिहासमा ओलीलाई कलङ्क र तानाशाहको रूपमा नागरिकले सम्झिने दाहालले बताउनुभयो । 

संविधानमा नभएको अधिकार प्रयोग गरेर गरिएको प्रतिनिधि सभा विघटन आफूहरूले स्वीकार गर्न नसक्ने भएकाले सभामुखमार्फत् प्रतिनिधि सभा बोलाउन सक्ने दाहालले दाबी गर्नुभयो । 

 तेस्रो दिनसम्म ४६ हजारभन्दा धेरैले खोप लगाए

तेस्रो दिनसम्म ४६ हजारभन्दा धेरैले खोप लगाए

  काठमाण्डौ, माघ १६ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको तेस्रो दिन शुक्रवार (आज) सम्म ४६ हजार एक सय ९७ जनाले खोप लगाएका छन् । ७७ जिल्लाका एक सय ६९ वटा खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा शुक्रवार ७७ वटै जिल्लामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार तेस्रो दिन शुक्रवार सम्म प्रदेश १ मा सात हजार तीन सय ६९ जनाले खोप लगाए भने प्रदेश २ मा चार हजार ६ सय ५० र वाग्मतीमा १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् ।

त्यस्तै गण्डकीमा सात हजार एक सय ५३, लुम्बिनीमा चार हजार ६ सय ३५, कर्णालीमा २९ सय ६६ र सूदूरपश्चिममा तीन हजार सात सय ८३ जनाले खोप लगाएका छन् ।

खोप लगाएका केही व्यक्तिमा सामान्य असर देखिएको भए पनि उनीहरूमा केही समयमा असर हराएको र जटिल खालको असर अहिलेसम्म कसैलाई नदेखिएको प्रवक्ता गौतमले बताउनुभयो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारको योजना रहेको छ । 

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकलाई खोप दिइनेछ ।

साथै शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप दिइने मन्त्रालयले जनाएको छ ।  

दाङको कोइलाबास नाका सहित देशभरका नाका खुला गर्ने मन्त्रिपरिषदको निर्णय

दाङको कोइलाबास नाका सहित देशभरका नाका खुला गर्ने मन्त्रिपरिषदको निर्णय



दाङ, माघ १६ । सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण तथा रोकथामको लागी बन्द गरेको भारतसंग जोडिएको दाङको कोइलाबास नाका खुला गर्ने निर्णय भएको छ । सरकारले गत चैत्र ११ गतेदेखि नेपलामा लकडाउनको घोषणा गरि नेपाल भारत सिमा क्षेत्र प्रवेशद्धारमा आवतजावत गर्न रोक लगाएको थियो ।

बिहिवार गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो । यसअघि १४ नाका खोलिएकोमा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय गरेको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् । खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।

कुन–कुन नाका खुले
सरकारले दाङको कोईलाबास नाका सहित भारत संग जोडिएका सवै नाका खुलाएको छ । जसमा पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी मोरङ, माडर सिरहा, गौर रौतहट, वीरगन्ज (पर्सा), रसुवागढी रसुवा, कृष्णनगर (कपिलवस्तु), बेलहिया (रुपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगारपुलाघाट (दार्चुला), झुलाघाट (बैतडी), खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ बारा, त्रिवेणी पूर्वी नवलपरासी, महेशपुर पश्चिम नवलपरासी, तौलिहवा कपिलवस्तु, कोइलाबास दाङ, सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक)को नाका खुला गरिएको हो ।

दाङमा लुम्बिनी प्रदेश पूर्वाधार कार्यालय उद्घाटन : देउखुरीमा रेल ल्याउछौं : मुख्यमन्त्री

दाङमा लुम्बिनी प्रदेश पूर्वाधार कार्यालय उद्घाटन : देउखुरीमा रेल ल्याउछौं : मुख्यमन्त्री

 

दाङ,माघ १६ । दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले कार्यालय उद्घाटन गरेका हुन् ।

जुन कार्यालयले प्रदेश स्थायी राजधानीका संरचना निर्माण गर्नेछ । संरचना निर्माण भएपछि मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सार्ने गरि प्रदेश सरकारले तयारी थालेको छ । अहिले अस्थायी राजधानी बुटवलमै राखिएको छ । 

कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताए । उनले देउखुरीलाई रेलको राजधानीका रुपमा चिनाउने आफ्नो योजना भएको समेत बताए । उनले प्रदेश सरकारले व्यवसायीक क्षेत्रकालगि सबै जग्गामा मास्टर प्लान बनाउने बताए । यसले देउखुरी क्षेत्रको जग्गाको मूल्य सुन बराबर हुने बताए ।

उनल प्रदेशको व्यवस्थित शहर बनन्ने, राप्ती नदीमा सिग्नेचर पुल निर्माण हुने, रिफलेटेड हाइड्याम निमार्ण हुने बताए । साथै उनले लुम्बिनी प्रदेशको देउखुरीमा दोस्रो फेवा तालका रुपमा विकास गर्ने योजना बनाएको समेत बताए ।

उनले पालिकाहरुलाई पूर्वाधार निर्माणकालागि धेरै खर्च नगर्न समेत अनुरोध गरे । सरकारी जग्गा अतिक्रमण पर्ने क्रम बढेको भन्दै सरकारी जग्गा अतिक्रमण पनि नगर्न अनुरोध गरेका थिए ।

जुम्लाको हिमा गाउँपालिकाको केन्द्र बाजागाडा तोकियो

जुम्लाको हिमा गाउँपालिकाको केन्द्र बाजागाडा तोकियो

 

जुम्ला, माघ १६ । लामो समयदेखि विवादमा रहेको हिमा गाउँपालिकाको केन्द्र टुङ्गो लागेको छ । गाउँपालिकाको आठौँ सभाले गाउँपालिकाको केन्द्र बाजागाडा तोकेको हो । गाउँपालिका अध्यक्ष रजबहादुर शाही नागरिकलाई समावेशीरुपमा सेवा लिने हिसाबले गाउँ सभा यो निर्णयमा पुगेको बताउनुभयो ।  

प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलका अनुसार गाउँपालिकाको वडा नम्बर ५ को बाजागाडामा जग्गा लिने तयारी भइरहेको छ । यस प्रक्रियामा जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयको सहयोगको अपेक्षा रहेको उहाँले जानकारी गर्नुभयो । 

त्यस्तै गाउँ सभाले वडा नम्बर १ को केन्द्र देवार गाउँमा सार्ने निर्णयसमेत गरेको छ । वडा नम्बर १ का चार जना सदस्यले वडाको केन्द्र सार्ने विषयमा असहमत रहेको बताएका छन् । वडा सदस्य पदबहादुर शाहीले वडामा छलफल भइरहेको समयमा गाउँपालिकाले हस्तक्षप गरेको बताउनुभयो ।

गाउँपालिकाले भने बड्की र आचार्यलिहीको बीचमा देवार गाउँ भएकाले पायक पर्ने बताएको छ ।

सर्लाहीका चिनी मिलमा उखु अभाव

सर्लाहीका चिनी मिलमा उखु अभाव

 


सर्लाही, माघ १६ । सर्लाहीमा रहेका चिनी मिलहरूमा उखुको अभाव भएको छ । चिनी उद्योगहरूबाट समयमा भुक्तानी नपाएपछि उखु खेती गर्ने किसान घटेसँगै मिलहरूमा उखुको अभाव सुरु भएको हो ।

पुष पहिलो हप्ताबाट यस वर्षको उखु क्रसिङ गर्न थालेको एभरेस्ट सुगर मिलले यस बेला मुस्किलले दैनिक १० देखि १२ घण्टासम्म मात्रै उखु क्रसिङ गरिरहेको छ । माघ महिनामा उखु काटेर मिलमा ल्याउनेहरूको भिड हुने र उद्योग २४ सैँ घण्टा चल्ने गरेको भए पनि अहिले मिल परिसरका उखु ल्याउने गाडीको भिड निकै कम छ भने मुस्किलले आधा समयमात्र मिल चलाएको उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासलले बताउनुभयो ।

यस वर्ष मिलले नगद दिएरै उखु खरिद गरिरहेको छ । अघिल्ला वर्षहरूमा उखु मिलमा लैजाँदा पनि तौलने समय नपाउने गरेकोमा अहिले मिलका प्रतिनिधि उखुबारीमै आएर उखु खरिद गर्ने गरेकाे उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताउनुभयो । उहाँका अनुसार सर्लाहीमा उखु खेती ४० प्रतिशतभन्दा धेरै घटेको छ ।

देशभर रहेका १४ उद्योगमध्ये यस वर्ष उखु अभावकै कारण चार वटा चिनी मिल सञ्चालनमा आउन नसकेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।