पर्यटन बोर्डमा ताला लगाउन गएका चारजना पक्राउ

काठमाडौं, मंसिर २४ । पर्यटन बोर्डमा तालाबन्दी गर्न पुगेका चारजना पर्यटन श्रमिक पक्राउ परेका छन् । पर्यटन उद्योग ठप्प भएसँगै यस सम्बद्ध श्रमिक रोजगारविहीन हुँदा जीविकोपार्जनमा समस्या हुँदासमेत सरकारले बेवास्ता गरेको भन्दै पर्यटन व्यवसायीहरु आन्दोलित भएका हुन् ।

उनीहरू अहिले बिहान तालबन्दी गर्न पर्यटन बोर्ड पुगेका थिए । तालाबन्दीको प्रयास गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।


SHARE THIS