दाङ, मंसिर २९ । दाङको तुल्सीपुरमा गुडिरहेको बसमा आगलागी भएको छ ।
तुल्सीपुर १३ बखरीयामा रा १ ख २३७४ नम्बरको यात्रुवाहक बसमा आज बिहान एक्कासी आगलागी भएको हो । बसमा रहेका यात्रु भने सुरक्षित रहेका प्रहरीले जनाएको छ ।
बसमा ब्याट्री सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।