काठमाण्डौ, मंसिर २९ । काठमाण्डौ महानगरपालिकाले आज २६ औं महानगर दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ ।
कोरोना सङ्क्रमण जोखिमकाबीच स्वास्थ्य सावधानी अपनाउँदै जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
२०५२ साल मंसिर २९ गते काठमाण्डौलाई महानगर घोषणा गरेको दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ गते दिवस मनाउने गरिएको छ । महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
यस्तै महानगरपालिकाले अहिलेसम्म गरेका कामहरु र आउँदो योजनाबारे जानकारी गराउने कार्यक्रम रहेको महानगरपालिकाका सूचना अधिकारी नवराज ढकालले बताउनुभयो । कार्यक्रम राष्ट्रिय सभागृहमा हुनेछ ।