भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार

दाङ, मंसिर २३ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ४० हजार ५७३ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ३९१ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । सोही अवधीमा ३२ हजार ९८१ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

 


SHARE THIS