कोरोना खोप : बेलायतले फाइजर कम्पनीको खोपलाई दियो अनुमति

     काठमाण्डौ, मंसिर १७ । बेलायतले फाइजनर–बायोटेक कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि विश्वव्यापी रूपमा अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ । 

बेलायतको नियामक, एमएचआरएले खोप कोरोनाका बिरामीका लागि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र प्रयोगका लागि सुरक्षित देखिएको बताएको हो । 

केही दिनभित्रै उच्च प्राथमिकतामा रहेको समूहलाई खोप दिन सुरु गरिने बताइएको छ । 

बेलायतले यसअघि नै चार करोड खोपको डोज माग गरिसकेको छ । प्रत्येकले खोपको दुई डोज दिइनेछ, अर्थात् अहिले दुई करोड जनाले खोप लगाउन पाउनेछन् । 

फाइजर कम्पनीको खोप सबैभन्दा छिटो विकसित भएको खोप हुनेछ, जसलाई बनाउन १० महिना लाग्यो । 

सामान्यतया यस्तो खोप तयार हुन एक दशकसम्म लाग्ने गर्दछ । ​

यद‍्यपि विशेषज्ञहरूका अनुसार खोपको प्रयोगपछि पनि मानिसहरूले सङ्क्रमण नफैलिन दिन नियमहरूको पालना गर्नुपर्नेछ ।  


SHARE THIS