मेस्सीको गोलमा बार्सिलोनाले लेभान्टेलाई हरायो

  काठमाण्डौ, मंसिर २९ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेभान्टेलाई हराएको छ ।

घरेलु मैदानमा लियोनल मेस्सीको निर्णायक गोलमा बार्सिलोनाले लेभान्टेलाई १–० गोलले हराएको हो ।

बार्सिलोनाका लागि खेलको ७६ औँ मिनेटमा मेस्सीले गरेको गोल नै निर्णायक बन्यो । जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८ औँ स्थानमा छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८ औँ स्थानमा छ ।


SHARE THIS