काठमाडौं, पौष ७ । गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा चेल्सीका लागि ट्यामी अब्राहमले दुई गोल र थिएगो सिल्भाले एक गोल गरे । खेलको १०औं मिनेटमा चेल्सीका थिएगो सिल्भाले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको १६औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गरे । तर मान्यता भएन । त्यसपछि खेलको ७८औं मिनेटमा र ८०औं मिनेटमा ट्यामी अब्राहमले गोल गरी चेल्सलाई जित दिलाए ।
जितसंगै १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ भने वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा रहेको छ ।