दाहालले स्थायी कमिटीमा भने ‘म अध्यक्ष छोड्न तयार छु’

काठमाडौँ मंसिर २१ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफूलाई कुनै समस्या नभएको बताएका छन्।

आइतबारदेखि शुरू भएको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले आफू पनि अध्यक्ष पद त्याग्न तयार रहेको बताए।  “पार्टीभित्र त्याग र नेतृत्व हस्तान्तरणको कुरा आएको छ। मलाई पनि यसमा कुनै मोह छैन। म अध्यक्ष त्याग्न तयार छु। दोस्रो पुस्तालाई नेतृत्व दिन तयार छु”, दाहालको भनाई उदृत गर्दै स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने।

तर, पार्टीभित्रका समस्या विधि र पद्धतिबाटै समाधान गर्नुपर्नेमा दाहालले जोड दिए। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली आइतबार बसेको स्थायी कमिटी बैठकमा उपस्थित भएनन्। तर, उनले बैठकमा अनुपस्थित ह‘

नेकपामा संकट चुलिएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारको नेतृत्व गरिसकेका नेताले त्याग गर्नुपर्ने र नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न आफू तयार रहेको बताएका थिए।

उनले त्यागका लागि आफ्नो विरुद्धमा मोर्चाबन्दी गरेका दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई चुनौती दिएका थिए।  दाहालको प्रस्तावमाथि दिएको लिखित जवाफमा पनि ओलीले त्यागको कुरा उठाएका छन्।


SHARE THIS