ए मेरा देशबाशी हामी यहा छौ
जहाँ छैन हामीलाई सुरक्षाको चिन्ता
साना बच्चा देखी बुद्धलाई गार्हो भयो बाच्न
मैले सोधे मेरा देशबाशीलाई हामी कहा छौ
ए मेरा देशबाशी हामी यहा छौ
जहाँ छैन हामीलाई स्वास्थ्यको चिन्ता
चिकित्सक नै उपचार सैली फेरीदेउ भन्छन
मैले सोधे मेरा देशबासीलाई हामी कहा छौ
ए मेरा देशबाशी हामी यहा छौ
जहाँ छैन शिक्षाको मतलब कसैलाई
नेपालीहरू आफ्नो ज्ञान बिदेशलाई दिदैछन
मैले सोधे मेरा देशबाशीलाई हामी कहा छौ
ए मेरा देशबाशी हामी यहा छौ
जहाँ छैन शान्ति संग बाच्ने बाटो
के भयो नेपालीलाई न्याय र शान्ति खोजेको खोई
मैले सोधे मेरा देशबाशीलाई हामी कहा छौ
ए मेरा देशबाशी हामी यहा छौ
अब त अति भयो आऊँ संगै देश बनाऊँ
हाम्रो मात्र हैन आउने दिनको लागी भनि केही गरौ
मैले सोधे मेरा देशबाशीलाई हामी कहा छौ
धिरज अधिकारी
दाङ , नेपाल !
हाल - अस्टीन , टेक्सास !