२४ घण्टामा विश्वमा ८ हजार ७६८ कोरोना संक्रमितको मृत्यु

दाङ, मंसिर २३ । पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७६८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ लाख ३२ हजार ४१८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४९ हजार ९४६ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ६४ लाख २२ हजार ५८ पुगेको छ । 


SHARE THIS