सिङ्गापुर पठाइदिन्छु भन्दै ३ लाख ३१ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक पक्राउ

  काठमाण्डौ, मंसिर २३ । सिङ्गापुर पठाइदिन्छु भन्दै तीन लाख ३१ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ । 

एक महिलालाई सिङ्गापुर पठाइदिने भन्दै पैसा असुलेर फरार भएका काठमाण्डौ बस्ने धरानका विशाल दर्जीलाई एअरपोर्टबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । 

पक्राउ परेका दर्जीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको  महाशाखाले जनाएको छ । 


SHARE THIS