मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

 


काठमाडौ‌ं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ गरेको छ। महाशाखाको पीडित सहायता ईकाइबाट खटिएको टोलीले बिहीबार ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार रहेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। उनीहरुले बा ८१ प ५२७५ नम्बरको कालो रङको पल्सर २२० सिसीको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

बाइक काठमाडौंको कपनबाट हराएको भनी पीडितले २०७४ असोज ९ मा महाशाखामा निवेदन दिएका थिए। 


SHARE THIS