गैडाको खाग तस्करी हुँदै गर्दा गोली चल्यो, एक घाइते

रुपन्देही, मंसिर २१ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ८ मा गोली प्रहारबाट एक जना घाइते भएका छन् । आज  विहान बुटवलको मिलनचोक नजिकै एक होटलमा गैडाको खाग तस्करी हुँदै गरेको सूचनाका आधारमा प्रहरी पुग्दा गोली चलेको हो । तर गोली प्रहरीले नचालाएको र तस्करले नै चलाएको गोली अर्को तस्करलाई लागेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गोली लागेर घाइते भएका ब्यक्तिको भने परिचय खुल्न सकेको छैन । घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । घटनास्थलबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । थप विवरण प्राप्त हुन बाँकी छ ।


SHARE THIS