काठमाडौं, मंसिर २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ।
यस्तै थप १ हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ। अब सक्रिय संक्रमितको संख्या भने १२ हजार ९ सय ४८ छ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ६ हजार २ सय २० पिसिआर परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको पनि मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १६ सय १४ पुगेको छ।