सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘ओली नै राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ रु’
उनले अघि भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो पार्टी गणतन्त्रलाई स्थापित गर्न प्रतिवद्ध रहेको बताएका छन् ।