पारस खड्कालाई कोरोना सङ्क्रमण

  काठमाण्डौ, मंसिर २६ । नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उनले यसबारेमा जानकारी दिएको हुन् । 

केही लक्षण देखिएपछि दुई दिनदेखि आफू आइसोलेशनमा बसेको र स्वाद, गन्ध थाहा नपाएपछि कोरोना परीक्षण गर्दा शुक्रबार बिहान रिपोर्ट पोजेटिभ आएको खड्काले बताएका छन् । स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्दै होम आइसोलेशनमा बसेको उनले ट्वीटमा लेखेका छन् । 


SHARE THIS