दाङ, मंसिर २५ । लुम्बिनी प्रदेशमा मुख्य मन्त्री शंकर पोखरेलले अब विकासका लागि जनताले सरकारसँग माग्नु पर्ने अवस्था नरहेको बताउनुभएको ।
दाङ तुलसीपुरको राइखलियान र टिकरीलाई जोड पातुखोलामा बन्न लागेको पक्की पुलको शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘हामी यहीँ जन्मेहुर्केका जनप्रतिनिधी छौँ । यस्तो बेला पनि यहाँका जनताले विकास माग्नु प¥यो भने हामीलाई जिताएको के कामरु’ उहाँले भन्नुभयो, ‘आफ्नो क्षेत्रका समस्या बुझलान भनेर नै हामीलाई चुनेको हो ।’ विकास निर्माणमा चासो राख्नु पर्ने बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले कहाँ के गर्नुपर्छ भन्ने कुरा आफै बुझ्ने बताउनुभयो ।
यस्तै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशमा विकासले गति लिन थालेको बताउनुभएको छ । दाङको पश्चिम क्षेत्रमा पर्ने विकट बस्ती भनेर चिनिएको गङगटेमा समेत सडक योजनाको काम प्रदेश सरकारबाट अघि बढि सकेको बताउँदै उहाँले प्रदेशमा विकासले गति लिन थालेको बताउनुभएको हो। आज मुख्य मन्त्री पोखरेलले दाङको तुलसीपुर सहित घोराहीमा पनि पुल उद्घटान गर्नुभएको छ ।