२४ घण्टामा १ हजार ७९ जना कोरोनामुक्त, ७४२ जनामा सङ्क्रमण

  

काठमाण्डौ, पुस ६ । गएको २४ घण्टामा एक हजार ७९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४४ हजार सात ४३ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार तीन सय ५१ जनाको पीसीआर परीक्षण गरिएकोमा सात सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५४ हजार पाँच सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ९५ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार नौ सय ७६ रहेको छ । 


SHARE THIS