‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा’

इलाम, मंसिर २७ । प्रदेश – १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् ।  माङ्सेबुङ गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्ने बताए । उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताए ।  

सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी  निकायबाट प्राप्त रकम गरी रु ५० लाख भन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ । रासस


SHARE THIS