प्रधानमन्त्रीसँगको भेटमा रामचन्द्र पौडेलले सोधे– मलाई किन पक्राउनुभयो ?

काठमाडौँ मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई दमौलीमा पक्रनुको कारणबारे प्रधानमन्त्रीसँग प्रश्न गरेको छन् ।

गत मंसिर १७ गते तनहुँको व्यास नगरपालिकामा पर्ने बुल्दीखोला पुल उद्घाटनका लागि जाने क्रममा तनहुँ प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । प्रहरीले पौडेललाई पक्रनुको कारणबारे स्पष्ट पार्दै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिएको जिकिर गरेको थियो ।

मंगलबारको सर्वदलीय बैठकमा पौडेलले सरकारले नैतिक शक्ति गुमाएका कारण सडकमा राजावादीहरु सलबलाएको बताएका थिए । पौडेलले सरकार सर्वसत्तावादी दिशामा अघि बढेको आरोप लगाउँदै सच्चिन आग्रह गरेका थिए ।

संसद बैठक छिटो बोलाउन माग गर्दै नेता पौडेलले अध्यादेशबाट सरकार चलाउनु लोकतन्त्रको भावनाविपरीत भएको बताए । रामको जन्मभूमिबारे अनावश्यक टिप्पणी गरेपछि रिसाएको भारतलाई फकाउन प्रधानमन्त्रीले निकै गिर्नुपरेको आरोप लगाएका थिए ।


SHARE THIS