महोत्तरी, मंसिर १८ । महोत्तरीको गौशालामा सडकको बीचमा रहेको पार्कमा मोटरसाइकल ठोक्किँदा एक युवकको ज्यान गएको छ ।
गएराति गौशाला नगरपालिका १ रामनगर सूर्तीविकास चोकमा रहेको पार्कमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय अमर पाँचेको घटनास्थलमै ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार दुर्घटनामा परि गौशाला ८ का १७ वर्षीय युवराज वलम्पाकी घाइते हुनुभएको छ । उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचार गरि थप उपचारका लागि जनकपुर पठाइएको छ ।