आज श्वेताको विवाह, मेहेन्दी समारोहमा दुलाहासँग भइन् यस्तो रोमान्टिक


काठमाडौं, मंसिर २२ । आज अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिदैछिन्।

धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।

उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।

उनीहरूको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह हुँदैछन्।

विवाहको पूर्वसन्ध्यामा उनले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।

कहाँ भेटिएलाु सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २(७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।

विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।




SHARE THIS