आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यो वेभसाइटमा पाइन्छ फारम

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यो वेभसाइटमा पाइन्छ फारम

 


काठमाडौ पुस १६ । वैदेशिक रोजगारीका लागि वाहिर जानेहरुका लागि सरकारले सजिलो नियम बनाइदिएको छ । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई सहज बनाउ प्रविधिमैत्री बनाएको छ । अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।

वैदेशिक रोजगारीमा रहेर अहिले नेपालमा भएकाहरुलाई यो सेवा प्रयोग गर्न सजिलो हुने छ । विदामा आएकाहरु र विदेशमै रहेकाहरुले अनलाईनवाटै यो सेवाको लाभ लिन पाउने छन् । वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।

विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औँठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिएकाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि विभागको वेवसाइट www.dpfe.gov.np को अनलाइन श्रम स्वीकृतिमा क्लिक गरी फारम भर्न सकिनेछ । फारम भरिसकेपछि कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ ।

विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौँको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ । श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन फिर्ता भएमा सोको कारणसहितको एसएमएस आवेदकको मोबाइल नम्बरमा जानेछ । विभागले फारम भर्दा सही मोबाइल नम्बर, इमेल उल्लेख गर्न आग्रह गरेको छ ।

श्रम स्वीकृतिका लागि आवेदन गर्दाको ‘युजरनेम’ र ‘पासर्वड’ सुरक्षित राख्न पनि विभागले अनुरोध गरेको छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको इमेलमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । आवेदक आफैले आवश्यकतानुसार प्रिन्ट गरेर राख्न सक्ने विभागले जनाएको छ ।

विभागले यसअघि नै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाइसकेको छ । बीमा र कल्याणकारी कोषको रकम अनलाइनबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने विभागले जनाएको छ । अनलाइन सेवा प्राप्त गर्न कार्यालय उपस्थित भइरहनु नपर्ने हुँदा सेवाग्राहस्लाई थप सहज हुने विभागले विश्वास लिएको छ ।

प्रधानमन्त्रीलाई निरु पालको सुझाव : संघीयता खारेज गरिदिनुस्

प्रधानमन्त्रीलाई निरु पालको सुझाव : संघीयता खारेज गरिदिनुस्


फाइल तस्वीर : प्रधानमन्त्री ओलीसँग नेतृ निरु पाल ।

 



काठमाडौं, पुस १६। नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।

‘संघीयता खर्चिलो भयो र प्रदेशको त झन् कामै देखिएन । त्यसकारण बरु स्थानीय तहलाई थप बलियो बनाऔं र संघीयता खारेज गरिदिने आँट प्रधानमन्त्री ओलीले गर्नुपर्छ’ पालले अनलाइनखबरसंग भनिन् ।

पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रधानमन्त्रीले संघीयता खारेज गर्नुपर्ने र प्रतिनिधिसभाको सिट संख्या १०५ मा झार्नुपर्ने बताएकी थिइन् ।

संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसदको सिट संख्या १०५ र केन्द्रको मन्त्रिपरिषद बढीमा १५ सदस्यीय बनाउँदा राज्यलाई आर्थिक भार निकै घट्ने नेतृ पालले बताइन् ।

विघटित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सदस्य समेत रहेकी पाल हाल नेकपा ओली समूहमा छिन् ।
संघीयता नै खारेज गर्नुपर्छ भनेर आफुले पहिलो पटक नभनेको पनि उनको प्रष्टीकरण छ ।

‘मैले तीन वर्ष पहिला पनि भनेको छु’ पालले अनलाइनखबरसंग भनिन्, ‘मलाई कसैले कारबाही गरे पनि गरुन्, वास्तवमा यो संघीयता कामै छैन । नेतालाई जागिर खुवाउने ठाउँ मात्रै हो । जनताले अधिकार चाहेका हुन् । दार्चुलाको मान्छे काठमाडौं आउन नपरोस्, अधिकार तलै पुर्याइदेयोस् भन्ने हो ।’

धिरज अधिकारीकाे कविता - हामी यहाँ छाै

धिरज अधिकारीकाे कविता - हामी यहाँ छाै

 



ए मेरा देशबाशी हामी यहा छौ जहाँ छैन हामीलाई सुरक्षाको चिन्ता साना बच्चा देखी बुद्धलाई गार्हो भयो बाच्न मैले सोधे मेरा देशबाशीलाई हामी कहा छौ ए मेरा देशबाशी हामी यहा छौ जहाँ छैन हामीलाई स्वास्थ्यको चिन्ता चिकित्सक नै उपचार सैली फेरीदेउ भन्छन मैले सोधे मेरा देशबासीलाई हामी कहा छौ ए मेरा देशबाशी हामी यहा छौ जहाँ छैन शिक्षाको मतलब कसैलाई नेपालीहरू आफ्नो ज्ञान बिदेशलाई दिदैछन मैले सोधे मेरा देशबाशीलाई हामी कहा छौ ए मेरा देशबाशी हामी यहा छौ जहाँ छैन शान्ति संग बाच्ने बाटो के भयो नेपालीलाई न्याय र शान्ति खोजेको खोई मैले सोधे मेरा देशबाशीलाई हामी कहा छौ ए मेरा देशबाशी हामी यहा छौ अब त अति भयो आऊँ संगै देश बनाऊँ हाम्रो मात्र हैन आउने दिनको लागी भनि केही गरौ मैले सोधे मेरा देशबाशीलाई हामी कहा छौ 🖋️ धिरज अधिकारी दाङ , नेपाल ! हाल - अस्टीन , टेक्सास !

 नयाँ स्वरुपको कोरोना भाइरस चीनमा पनि भेटियो

नयाँ स्वरुपको कोरोना भाइरस चीनमा पनि भेटियो

  दाङ, पुस १७ । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो ।

त्यसपछि  विश्वका लगभग सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि  फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन्।

अंग्रेसी नयाँ वर्ष सन् २०२१ सुरु

अंग्रेसी नयाँ वर्ष सन् २०२१ सुरु

 

  दाङ, पुस १७ । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढेको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिन्छ।

 एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्चको आदेश

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्चको आदेश

  काठमाण्डौ, पुस १७ । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ ।

 ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

आफूले बेचेको समानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषयसमेत उखु उत्पादन गर्ने कृषकले प्रत्येक वर्ष आफ्नो जिल्ला सदरमुकाम हुँदै देशको राजधानी काठमाण्डौसम्म भुक्तानी प्राप्तिका लागि वर्षैपिच्छे हारगुहार  र धर्ना गर्नुपर्ने अवस्था छु, आदेशमा भनिएको छ ।

यो अवस्था आफैँमा अन्यायपूर्ण मात्र नभएर लोककल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकाले आजका मितिले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट उखु किसानहरुलाई भुक्तानी दिनु र दिलाउनु । ुआदेशमा  उल्लेख छ ।

     अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले  आदेश जारी गरेको हो । उखु उत्पादक किसान आफ्नो उखु बिक्रीको भुक्तानी नपाएको जनाउँदै आन्दोलनमा छन् ।

 कृषकले आफ्नो पूँजी, मेहनत, पसिना र कतिपयले  बैंकसँग व्यक्तिगत कर्जा लिएर उखु उत्पादन गरेको मूल्य तत्काल प्राप्त गर्न नसक्नाले आफ्नो जीविकोपार्जन, परिवारको भरणपोषण, शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक विषयमा खर्च गर्न नसक्नाको अलावा उल्टो कर्जाका मारमा परिरहनुपरेको अवस्थाले सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकसमेत हनन भएको आदेशमा जनाइएको छ ।    

आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु

आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु

  काठमाण्डौ, पुस १७ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको विषयमा कुरा उठाउन मिल्ने कि नमिल्ने भन्ने बहस पनि चलिरहेको छ ।

आज पहिलो दिनको बैठकमा पेस हुने सम्भावित कार्यसूची तयार भएको छ । संसद् सचिवालयका अनुसार बैठकको सुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । यस्तै राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेस हुने कार्यसूची छ ।

यस्तै राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री दयेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्नुहुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभामा नेकपाका ४९, कांग्रेसका ६ र जनता समाजवादीका ३ सांसद छन् । 

 नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्छ : पर्यटन मन्त्री  ढकाल

नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्छ : पर्यटन मन्त्री ढकाल

  काठमाण्डौ, पुस १६ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने बतानुभएको छ ।

बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्ने बताउनुभएको हो । नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्ने सम्बन्धमा अन्तरवस्तु केलाएर हेर्नुपर्ने बताउनुभयो । कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पुरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्ने पनि मन्त्री ढकालले बताउनुभयो ।

मन्त्री ढकालले राजनीतिक पहुँच र शक्तिको आधारमा विगतमा विभिन्न जिल्लामा विमानस्थल निर्माण गरिएकोले अहिले धरै विमानस्थल सञ्चालनमा आउन नसकेको पनि बताउनुभयो । देशभर ५५ वटा विमानस्थल रहेकोमा ३६ वटा कालोपत्रे गरीएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको बताउनुभयो । २० वटा विमानस्थल सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच  र शक्तिको आधारमा विमानस्थल बनाइएको स्पष्ट हुने बताउनुभयो ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिडका कारण नेपालको उड्डयन क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको बताउनुभयो । नेपाल बायुसेवा निगमले झण्डै ५ अर्ब, हिमालयन एअरलाइन्सले झण्डै २ अर्ब र आन्तरिक तर्फका हवाई जहाज र हेलिकोप्टर अपरेटरहरुले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको महानिर्देशक पोखरेलले बताउनुभयो । प्राधिकरणको आम्दानीमा पनि ८० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँ घटेको बताउनुभयो ।

प्राधिकरणका अनुसार कोभिड रोकथामका लागि लकडाउन भएपछि अहिले सम्मको अवधिमा अन्तर्राष्ट्रिय उडानमा ८६ प्रतिशत र आन्तरिक उडानमा ८३ प्रतिशत हवाई यात्रु घटेको छ ।

 अहिलेको अवस्थामा जनता जिम्मेवार हुनुपर्छ स् पूर्वराष्ट्रपति डा. यादव

अहिलेको अवस्थामा जनता जिम्मेवार हुनुपर्छ स् पूर्वराष्ट्रपति डा. यादव

 

  काठमाण्डौ, पुस १६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताउनुभएको छ ।

विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज काठमाण्डौमा आयोजना गरेको  सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उहाँको भनाइ थियो ।

“अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उहाँले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्नुभयो ।

“सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ”, डा. यादवले भन्नुभयो ।  बिपीको मेलमिलाप नीतिको अहिले पनि  महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उहाँको भनाइ थियो ।

अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उहाँले  लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गर्नुभयो । “अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ”, डा. यादवले भन्नुभयो, “अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ । ” स्वस्थ विदेश नीतिको आवश्यकतामा  जोड दिँदै उहाँले राष्ट्रको जगेर्ना गर्न पनि  त्यस्तो नीति आवश्यक भएको बताउनुभयो ।

यस अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र  कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति ९रासस०का पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गर्नुभयो ।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जनाएको छ ।

 प्रधानमन्त्री कप प्रदेश १ ले गण्डकी प्रदेश माथि विशाल जित निकाल्यो

प्रधानमन्त्री कप प्रदेश १ ले गण्डकी प्रदेश माथि विशाल जित निकाल्यो

दाङ, पुस १६। दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले गण्डकी प्रदेश माथि विशाल जित दर्ता गरेको छ । बिहीवार भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेश माथि १४० रनको जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरको खेलमा ओपनर काजल श्रेष्ठ र अर्का ब्याटसम्यान रोमा थापाको अर्धसतकिय पारीको मद्दतमा १४७ रन बनायो । खेलमा पहिलो नम्बरमा ब्याटिङ गर्न आएकी ओपनर काजल श्रेष्ठले अविजित पारी खेल्ने क्रममा ५७ बलमा ४ चौकाको मद्दतले ५२ रन बनाईन ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी रोमा थापाले अविजित पारी खेल्दै ४९ बलमा ८ चौंकाको मद्दतले ५१ रन बनाईन । गण्डकी प्रदेशका लागि एकमात्र विकेट कुसुम गोदारले लिईन ।

एक सय ४१ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशको टोलीले ८ ओभरमा अलआउट हुदै मात्र ७ रन बनायो । गण्डकी प्रदेशलाई कम स्कोरमा रोक्न प्रदेश १ की संगिता राईले ४ ओभरमा मात्र ३ रन दिदै ५ विकेट लिईन । त्यस्तै प्रदेश १ की सबनम राईले पनि उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ३ रन दिएर ४ विकेट लिदा अप्सरी बेगमले एक विकेट लिईन ।

गण्डकी प्रदेशकी कुसुम गोदार र सोनीया थापाले समान दुई दुई रन बनाउदा अन्य खेलाडीहरु शुन्य रनमा आउट भए । जितसँगै प्रदेश १ प्रतियोगिताको समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

 सुर्य चिन्ह दावी गर्ने प्रचण्ड–माधव लाई अधिकार छैनः नेता बस्नेत

सुर्य चिन्ह दावी गर्ने प्रचण्ड–माधव लाई अधिकार छैनः नेता बस्नेत

दाङ, पुस १६ । नेकपाका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले प्रचण्ड –माधव नेपाल समुहलाई सुर्य चिन्ह दावि गर्ने नैतिकता नभएको बताएका छन् ।

‘विगतमा प्रचण्डले आफु र छोरीलाई चुनाव जिताउन सुर्य चिन्ह च्याते, टोके, त्यस्तो व्यक्तिलाई सुर्य चिन्ह दावि गर्ने नैतिकता छैन’ युवा संघ दाङले विहीवार घोराहीमा गरेको युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै नेता बस्नेतले भने ‘ सूर्य चिन्ह हाम्रो हो, बाघको छालामा स्यालको रजाई यहाँ चल्दैन ।’

उनले देशभरका पार्टी कार्यालयहरु आफुहरुको भएको दावि समेत गरे । ‘सुर्य चिन्ह, जवज, मदन भण्डारी र देशभरका पार्टी कार्यालय हाम्रा हुन’ पुर्व मन्त्री बस्नेतले भने ‘ यसको कुनै दुविधा छैन ।’ सुर्य चिन्हको माला लगाएर निर्वाचनमा आयोग र बल्खु जाँदैमा उनले सुर्य चिन्ह नपाउने समेत वताए । उनले प्रचण्ड सच्चिएर आएमा छलफल गर्न सकिने समेत वताए ।

‘प्रचण्ड सच्चिएर आएमा छलफल गर्न सकिन्छ’ उनले भने ‘ तर अहिलेको अवस्थामा उनिसँग छलफल गर्न सकिदैन ।’ सरकारले नयाँ जनादेशको लागि चुनाव घोषणा गरेको र अव चुनावहुनेमा कुनै दुविधा नभएको समेत वताए । ‘निर्वाचन आयोग चुनाव गराउन तयार छ ।

सुरक्षा निकाय सुरक्षाको वातावरण दिने तयार भएका छन’ उनले भने ‘ अव यहाँ चुनाव हुदैन भनेर कराउने जनताको माझमा जान डराउनेहरु मात्र हुन ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विगठन गरेर चुनावमा जाने गरेको निर्णय कानुनी रुपमा ठिक भएको दावि समेत गरे ।

त्यसैगरेर कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरीले प्रचण्ड माधव समुहसँग चुनावमा जानको लागि कुनै ऐजेण्डा नभएको वताइन । ‘ हामीसँग विकास निर्माणदेखि अन्य धेरै ऐजेण्डा छन । ति एजेण्डा लगेर हामी जनताका माझमा जाने छौ’ उनले भनिन ‘ तर उनिहरुसँग कुनै ऐजेण्डा नै छैन, त्यो भएर चुनावदेखि भाग्न खोजेका छन् ।’

प्रचण्ड माधव समुहले पार्टी भत्काएको समेत उनको आरोप छ । ‘ आफनो घर भत्काएर सडकमा जानुको कुनै अर्थ हुदैन । जनताले भोली सजाए दिने छन’ उनले भनिन ‘ त्यो भएर चुनावसँग डराएका छन् ।’ युवा संघ दाङका अध्यक्ष देवु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य छविलाल ओली, रेवतीरमण शर्मा र घनश्याम पाण्डेले सरकारले निर्वाचन घोषणा गरिसकेकोले अव चुनावको विकल्प नभएको वताए ।

उनले सरकारले गरेका काम जनताको विचमा लगेर जानु पर्ने बताए । ‘सरकारले धेरै राम्रा काम गरेको छ’ नेताहरुले भने ति‘ एजेण्डा लगेर अव जनताको माझमा जानु पर्छ ।’ युवा संघका केन्द्रीय सदस्य माधव वलीको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा नेकपा दाङका कार्यदल सदस्य हुकुक बस्नेत, युवा संघका केन्द्रीय सदस्य वचन सिंह र नेकपा दाङका सचिवालय सदस्य मनोरह बुढाथोकी लगायतले भेलालाई संवोधन गरेका थिए ।

कार्यक्रमको सहजिकरण युवा संघका नेता केशवकुमार आचार्यले गरेका थिए । भेला पुर्व युवाहरुको ठुलो समुहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षमा प्रर्दशन गरेका थिए ।

 कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६० हजार ५ सय नाघ्यो

कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६० हजार ५ सय नाघ्यो

  काठमाण्डौ, पुस १६ । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६० हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको हो ।

यस्तै थप ४ सय ४७ जना निको भएर डिस्चार्ज भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म ६ हजार ३ सय ७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै थप नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ सय ५६ पुगेको छ ।

प्रदेश १ संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई चयन

प्रदेश १ संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई चयन

काठमाडाैं, पुस १६ । नेकपाको प्रचण्ड – माधव समुहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।

 

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समुहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको जनाएको छ । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको एक सदस्यले जानकारी दिएका छन् ।

 नेकपाका ६७ सांसदमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।

 

निर्मला पन्त प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको पुनर्वहाली गर्ने मन्त्रिपरिषद् बैठक निर्णय

निर्मला पन्त प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको पुनर्वहाली गर्ने मन्त्रिपरिषद् बैठक निर्णय

 


काठमाडौं, पुस १६ । सरकारले कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ ।

 

बुधबार साँझ बसेको मन्त्रिरिषद्को बैठकले बर्खास्तीमा परेका एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बनमा परेका एसपी विष्ट बर्खास्तमा परेका थिए । एसपी विष्टलाई प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बर्खास्त गरेको थियो ।बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए ।

 

सोही प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन डीएसपी अंगुर जीसीलगायत सेवामा फर्किइसकेका छन् ।

रोल्पामा ट्रिपर दुर्घटना हुदा,चालक घाइते

रोल्पामा ट्रिपर दुर्घटना हुदा,चालक घाइते

 

फाेटाे फाइल

रोल्पा, पुस १६ । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर-५ पोबाङमा ट्रिपर दुर्घटना भएको छ ।

जलजला कन्ट्रक्सनको १ क ७८८२ नम्बरको ट्रिपर सुलिचौर-पोबाङ -थबाङ मोटरबाटोको माटो फाल्ने क्रममा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पोबाङका प्रहरी सहायक निरीक्षक केशरबहादुर घर्तीमगरले जानकारी दिए ।

ट्रिपर झण्डै १५ मिटर तल खसेको छ । दुर्घटनामा ट्रिपर चालक हरि चौधरी सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक घर्तीमगरले जानकारी दिए । उनलाई थप उपचारको लागि सुलिचौर लगिएको छ । दुर्घटनालगत्तै ईलाका प्रहरी चौकी पोबाङ र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको टिमले उद्धार गरेको थियो ।



   प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकाए तर पनि सुधार्न सकिन – प्रधानमन्त्री ओली

प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकाए तर पनि सुधार्न सकिन – प्रधानमन्त्री ओली


काठमाडाैं, पुस १६ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् ।

 

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताए । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए ।

 

उनका अनुसार षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको बताए । ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा,’ उनले भने ।

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

 

उखुको भुक्तानी भाग गर्दै प्रदर्शनरत किसान । 

काठमाडौं, पुस १६ । प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

शिक्षा मन्त्रालयको विषयगत समितिको सदस्यमा नगरप्रमुख पाण्डे मनोनित

शिक्षा मन्त्रालयको विषयगत समितिको सदस्यमा नगरप्रमुख पाण्डे मनोनित

 


तुलसीपुर,पुस १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विषयगत समितिको सदस्यमा दाङ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई मनोनयन गरिएको छ ।

गएको मंसीर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई विषयगत समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ अध्यक्ष रहेको समितिमा सातै प्रदेशका सामाजिक विकास मन्त्री र स्थानीय तहबाट १ जना सदस्य रहने व्यवस्था रहेको छ ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ बमोजिम मन्त्रालयसँग सम्वन्धित विषयको कार्यान्वयनका लागि यस्तो समिति वनाउने प्रावधान रहेको छ । नगरप्रमुख पाण्डे नेपाल नगरपालिका महासंघको केन्द्रीय कोषाध्यक्ष समेत छन् ।

दाङ उद्योग बाणिज्य संघको अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुने

दाङ उद्योग बाणिज्य संघको अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुने

 


दाङ, पुस १६ । दाङ जिल्ला उद्योग बाणिज्य संघको दुई पदका लागी निर्वाचन हुने भएको छ । निार्वचन समितिका अनुसार अध्यक्ष र कोषाध्यक्षमा दुई÷दुई जनाको उम्मेदवारी परेको छ । ती मध्ये सहमतीका आधारमा एक/एक जनाको उम्मेदवारी फिर्ता आउने अनुमान गरिएको थियो । निर्वाचन तालिका अनुसार बुधवार दिउँसो चार बजे सम्म कसैले पनि आफनो उम्मेदवारी फिर्ता नलिएपछि संघको दुई पदका लागी निर्वाचन हुने भएको हो ।

अध्यक्षमा टंकसिंह बुढाथोकी र बसन्त जोसीको उम्मेदवारी दर्ता भएको छ । उनीहरु मध्ये सयुक्त प्यालनबाट उम्मेदवार बुढाथोकी र स्वतन्त्रबाट जोसी हुन् । यस्तैगरी कोषाध्यक्षमा पनि सहमती जुट्न सकेको छैन । उक्त पदमा सयुक्त प्यालनबाट शुसील पोख्रेल र स्वतन्त्रबाट धनपति शर्माको उम्मेदवारी परेको छ । दुवै जना बिच सहमतीको प्रयास गरेपनि कसैले आफनो उम्मेदवारी फिर्ता लिन चाहेनन् । संघको आगामी कार्यकालका लागी २१ सदस्यिय नयाँ नेतृत्व चयन हुनेछ । जसमा २० जना निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन् ।

संघको अन्य १८ पदमा भने सर्वसम्मत चयन भएको छ । निर्वाचन तालिका अनुसार सवैको एकल उम्मेदवारी परेको थियो । कोरोना भाईरस संक्रमणको जोखिम कायम भएकाले सकभर माहामारीबाट जोगिनका लागी भन्दै यस पटक सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयासमा आफुहरु निकै लागी परेको अध्यक्ष नारायण प्रसाद भुसालले बताएका छन् । तर अन्य पदमा सर्वसम्मत भएपनि दुई पदमा सहमती हुन नसकेको हो । संघको १६ औँ साधारण सभा तथा अधिबेशन यहि पौष १८ गतेदेखी २० सम्म हुदैछ ।

त्रिवि सेवा आयोगमा दरखास्त स्वीकृत भएका उम्मेदवारको परीक्षा माघ २५ देखि हुने

त्रिवि सेवा आयोगमा दरखास्त स्वीकृत भएका उम्मेदवारको परीक्षा माघ २५ देखि हुने

 

फाेटाे फाइल

काठमाडाैं, पुस १६ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षा माघ २५ गतेदेखि सुरू गर्ने भएको छ।

माघ २५ देखि फागुन २३ गतेसम्म पदअनुसार लिखित परीक्षा हुने गरी आयोगले आज सूचना निकालेर तालिका सार्वजनिक गरेको हो।

आवेदन दिएकामध्ये त्रिवि कर्मचारीको नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७३ (२०७६ को संशोधनसहित) मा भएको व्यवस्थाअनुसार दरखास्त स्वीकृत भएकाहरू मात्रै परीक्षामा सहभागी हुन पाउँछन्।



आयोगका अनुसार परीक्षा केन्द्र ईञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा हो। 

आयोगले ५० भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको थियो।


परीक्षाका लागि योग्य उम्मेदवारको सूची https://www.tuservicecommission.edu.np/ मा प्रकाशित गरिएको आयोगले जनाएको छ।

एकभन्दा बढी पदमा आवेदन दिएका उम्मेदवारको परीक्षा एकै दिन परेमा पुस मसान्तभित्र आयोगको कार्यालयमा लिखित निवेदन दिन सकिने आयोगको भनाइ छ।

प्रवेश पत्र माघ १५ गतेदेखि आयोगको वेवसाइटबाट प्रिन्ट गर्न सकिनेछ। परीक्षा दिन जाँदा अनिवार्य सक्कल नागरिकता ल्याउनुपर्ने आयोगले बताएको छ।

काँग्रेसले मेलमिलाप दिवस मनाउँदै : संसद विघटनविरुद्ध जनतालाई एकत्रित पार्ने

काँग्रेसले मेलमिलाप दिवस मनाउँदै : संसद विघटनविरुद्ध जनतालाई एकत्रित पार्ने

फाइल तस्विर

काठमाडौं, पुस १६ । नेपाली काँग्रेसले आज (बिहीबार) ४५ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। मेलमिलाप दिवसको अवसरमा काँग्रेसका सबै जिल्ला कार्यसमितिले सम्बधित जिल्लामा विभिन्न कार्यक्रम गर्दैछन्। काँग्रेसका भ्रातृ तथा शुभेच्छु संस्थापाले पनि विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छन् ।

मेलमिलाप दिवसमा सहभागी हुन केन्द्रीय नेताहरू जिल्ला जाने कार्यक्रम पनि छ। यसपटक काँग्रेसले राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको संसद विघटनको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने जनाएको छ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रित हुने छ ।

आज बिहान साढे ९ बजे सूचना, सञ्चार तथा प्रचार विभागले ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रम राखेको छ। कार्यक्रमका प्रमुख वक्ताका रुपमा सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरी छन्।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका काँग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्ष जेल पठाइएको थियो।

त्यसपछि २०२५ सालमा बिपीसहितका काँग्रेस नेता भारत प्रवासमा गएका थिए। तर मेलमिलापको नीति बोकेर नेपाल आएका बिपीसहितका काँग्रेस नेतालाई तत्कालीन पञ्चायतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिएको छ।

कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।

ओलीको कदम असंवैधानिक छ तर आन्दोलन गरेर अदालतलाई तर्साउनु हुँदैन : कांग्रेस सभापति देउवा

ओलीको कदम असंवैधानिक छ तर आन्दोलन गरेर अदालतलाई तर्साउनु हुँदैन : कांग्रेस सभापति देउवा

 

फाइल तस्वीर

काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् । उनले ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सन्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘ओली जीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नु भएको छ । देशभरि नै हाम्रो पार्टीले यो कदमको विरुद्धमा आवाज उठाइरहेको छ । आफ्नो निर्वाचन क्षेत्र लगायत देशभरि नै हामीले आफ्नो परिस्थिति बनाइरहेका छौं ।’

यो मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने पनि देउवाले बताए । ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ भनेर हामीले भनेका छौं ।’

उनले प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक तरिकाले र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्ने बताए । ‘स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वन्तन्त्र न्यायलयको निर्णय हामीले मान्नुपर्छ,’ उनले भने । तर प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने उनले बताए ।

कुनै पनि बहानामा एकदलीय शासन पद्दती नमान्ने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘यी कुराहरु सम्पूर्ण नेपाली जनतालाई बताउन चाहान्छौं ।’

करिब एक लाख भूमिहीनलाई लालपुर्जा दिने तयारी

करिब एक लाख भूमिहीनलाई लालपुर्जा दिने तयारी

काठमाडौँ, पुस १६ । सबै नेपालीलाई जग्गाको मालिक बनाउने अभियानअन्तर्गत सरकारले भूमिहीनका लागि लालपुर्जा वितरण गर्ने भएको छ । स्थानीय तहसँगको समन्वय र सहकार्यमा गरिने लालपुर्जा वितरणका लागि सरकारले विभिन्न स्थानीय तहसँग सम्झौतासमेत गरिसकेको छ ।

 भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिहीन नेपालीलाई जग्गाधनीको लालपुर्जा वितरण गरिने प्रक्रिया अगाडि बढाइएको बताउँदै तत्काल करिब एक लाख भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिए । चालू आर्थिक वर्षदेखि नै लालपुर्जा वितरण गरिने बताउँदै उनले अहिलेसम्म सुुदूरपश्चिमका १७ पालिकासहित मुलुकभरिका दुई सयवटा पालिकासँग सम्झौतासमेत भइसकेको जानकारी दिए । अन्य पालिकाबाट भूमिहीनको लगत सङ्कलन भइरहेको उहाँले जानकारी दिए । 

पालिकाहरूबाट लगत सङ्कलनसँगै मुलुकभरिका भूमिहीनको यकिन तथ्याङ्क आउनेछ । सुदूरपश्चिमबाटै लालपुर्जा वितरण सुरु हुनेछ । भूमिसम्बन्धी समस्या समाधान आयोगका अनुसार लालपुर्जा वितरणका लागि आयोग र कैलालीको धनगढी उपमहानगरपालिकाबीच सम्झौता भइसकेको छ । यसैगरी गोदावरी, गौरीगङ्गा, घोडाघोडी, टीकापुर, भजनी, लम्कीचुहा नगरपालिकासँग आयोगको सम्झौता भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
 प्रदेश २ का प्रचण्ड निकट २ जना सांसद ओली समूहमा

प्रदेश २ का प्रचण्ड निकट २ जना सांसद ओली समूहमा

जनकपुरधाम, पुस १५ । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् ।

प्रचण्डकै विश्वासिलो पात्र मानिएका नेकपाका अध्यक्ष प्रभू साहले अप्रत्यासितरुपमासाथ छाडेर ओलीतिर लाग्दै मन्त्री पद पाएका छन् । प्रभु साह ओलीतिर लागेको केही दिनमै साह निकट अन्य २ जना सांसद पनि ओली समूहमा लागेका हुन् ।

ओली समूहले बीरगंजमा आयोजना गरेको प्रदेश भेलामा निकट रहेका प्रदेश सांसद रामचन्द्र मण्डल र ज्वाला कुमारी साह पुगेर भाषण गरे ।

‘नेकपाले आयोजना गरेको भेलामा सहभागिता जनाएकी छु,’ बाराको क्षेत्र नम्बर ३ (क) बाट तत्कालीन नेकपा माओवादीबाट निर्वाचित ज्वाला साहले भनिन्,’ प्रचण्डजीलाई धेरै सुझाव दिएकी थिएँ । तर, उहाँले एउटा पनि सुझावको पालना गर्नुभएन् । त्यहीँ भएर केपी ओलीजीतर्फ आएकी छु ।’

उनीसँगै ओली समूहको भेलामा देखापरेका तत्कालीन माओवादीका सांसद रामचन्द्र मण्डलले पनि प्रचण्ड सत्ता स्वार्थमा रुमलिएकाले ओलीतिर लागेको प्रतिकृया दिए ।

उनले तत्कालीन माओवादीका अन्य सांसदहरु पनि ओली समूहमै आउने दाबी गरे । र, त्यसका लागि छलफल भैरहेको ज्वाला र मण्डलले बताएका छन् ।

अब के होला समीकरण ?

प्रदेश २ मा तत्कालीन नेकपा एमालेका २१ र तत्कालीन माओवादीका ११ जना गरी प्रदेश सभामा नेकपाका ३२ सांसद छन् । यो सिट लिएर नेकपा प्रदेशको प्रमुख प्रतिपक्ष छ ।

तर नेकपा विभाजन भएसँगै प्रदेश सांसद ओहोरदोहोर गर्ने क्रम जारी छ । सांसद ज्वाला सिंहले भने झैं ६ जना सांसद केपी ओलीतिर जाँदा ओली समूहको सांसदको संख्या १९ पुग्नेछ ।

प्रचण्ड माधव समूहको सांसदको संख्या १३ हुनेछ । यद्यपि नेताहरुले अझै ओहोरदोहोर गर्ने क्रम जारी भएकोले अहिले नै प्रदेश २ को समीकरण अनुमान गर्न सकिँदैन ।

 काठमाण्डौमा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको ज्यान गयो

काठमाण्डौमा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको ज्यान गयो

  काठमाण्डौ, पुस १६ । काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको ज्यान गएको छ । 

गएराति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेहरुमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभाष गमाल रहेका प्रहरीले जनाएको छ । दुवै जनाको घटनास्थलमै ज्यान गएको हो । 

टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ । 

 टर्कीले कोरोनाविरुद्धको खोप भित्र्यायो, केही दिनमा लगाउन सुरु गर्ने

टर्कीले कोरोनाविरुद्धको खोप भित्र्यायो, केही दिनमा लगाउन सुरु गर्ने

  काठमाण्डौ, पुस १६ । टर्कीले चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप भित्र्याएको छ ।

चीनले विकास गरेको खोप बाँकी विश्वले कहिले पाउँछ भन्ने चासो बढिरहेको बेला टर्कीले सिनोभ्याक खोपको ३० लाख मात्रा भित्र्याएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

आधारभूत प्रक्रिया पूरा गरेपछि खोप आम नागरिकलाई लगाइदिने योजना रहेको टर्कीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै नागरिकले पाउने जानकारी दिनुभएको छ ।

सिंगापुरले हिजोबाट आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ भने बेलायत, अमेरिकालगायतका देशहरुले यसअघि नै कोरोना खोप लगाउन सुरु गरिसकेका छन् । खोप लगाउने अभियान तीव्र बन्दै गर्दा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम भने उस्तै छ । गएको २४ घण्टामा विश्वमा छ लाख ७० हजार पाँच सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ करोड २९ लाख ९६ हजारभन्दा धेरै भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १३ हजार नौ सयभन्दा धेरैको ज्यान गएसँगै विश्वका १८ लाख १० हजारभन्दा धेरैको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ । 

कोरोना सङ्क्रमण भएकामध्ये पाँच करोड ८८ लाखभन्दा धेरै निको भएका छन् । 

 १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्छौँ : मन्त्री रावल

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्छौँ : मन्त्री रावल

  काठमाण्डौ, पुस १६ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताउनुभयो । 

प्रदेश सरकार खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छु, मन्त्री रावलले भन्नुभयो, ुहाम्रा सामु निकै महत्त्वपूर्ण भूमिका र चुनौती दुवै छन् । खेल क्षेत्रमा कार्यरत व्यावसायीक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उहाँले जिकिर गर्नुभयो

उहाँले भन्नुभयो, बुधबारदेखि पूर्णता प्राप्त गरेको परिषद्ले खेलकुद संरचना निर्माण गर्दै जाने र कुन जिल्लामा कुन खेल खेलाउन सकिन्छ भन्ने कुराको नक्साङ्कन गर्नुपर्दछ । लामो प्रयास र छलफलपछि खेल क्षेत्रमा कार्यरत व्यावसायीक जनशक्ति समावेश गरी प्रदेश परिषद् गठन गरेर प्रदेश सरकारले परिषद्को पदाधिकारी तथा सदस्य नियुक्त गरिसकेकाले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्यरूपमा सम्पन्न हुने आशा गरिएको उहाँको भनाइ थियो ।

उहाँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार मान्छे अट्ने प्रदेशस्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य लिएको भन्दै प्रतियोगिता सञ्चालन र संरचना निर्माणका विषयमा राष्ट्रिय खेलकुद परिषद्सँग पनि छलफल भएको जनाउनुभयो । 

मन्त्री रावलले नवनियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल पूर्ण सफलताको शुभकामना प्रदान गर्नुभएको थियो ।

 कोरोना भाईरसको नयाँ संक्रमणबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय दाङको आग्रह

कोरोना भाईरसको नयाँ संक्रमणबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय दाङको आग्रह

दाङ, पुस १५ । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरसको नयाँ संक्रमणबाट जोगिन आम नागरिकमा अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बुधवार एक सार्वजनिक सुचना जारी गदै विश्वव्यापी माहामारीको अर्को नयाँ प्रकारको संक्रमणबाट बच्न सवैले कोरोना सावधानी अपनाउनु पर्ने आग्रह गरेका छन् ।

कोरोना भाईरसको नयाँ प्रकार संक्रण्म दक्षिण अफ्रिकामा देखा परेको र छिमेकी मुलुक भारतमा समेत उक्त संक्रमणका संक्रमित भेटिएको हुदा समयमै सचेत रहन जारी सुचनामा भनिएको छ ।साथै उक्त संक्रमण बेलायतमा पनि देखा परेको र त्यहाबाट नेपाल आउने नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरी सरकारले निर्णय गरेको छ । सोहि बमोजिम सजगता अपनाउन र कोरोना स्वास्थ्य मापदण्ड पालना गर्न जारी सुचनामा उल्लेख छ ।

 किन रोकियो प्रचण्ड–माधव समूहको आन्दोलन घोषणा ?

किन रोकियो प्रचण्ड–माधव समूहको आन्दोलन घोषणा ?

काठमाडौं, पुस १५ । नेकपा प्रचण्ड–माधव समूहले बुधबार स्थायी कमिटी बैठक राखेर संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।

बैठकका लागि नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा पुगेका थिए भने अपराह्न ३ बजे पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर न बैठक बस्यो, न पत्रकार सम्मेलन भयो ।

संसद विघटनको विरोधमा रहेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुसँग छलफल गर्नुपर्ने भएकाले तत्काल कार्यक्रम सार्वजनिक नगरिएको नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य एवं संघर्ष समितिका सहसंयोजक योगेश भट्टराई भन्छन्, ‘भोलि र पर्सि अरु दलहरुसँग पनि छलफल गर्छौं, त्यसपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’

संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसमा आन्दोलनबारे अलमल देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले अझै पनि पर्ख र हेरको अवस्थामा देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्दोलनमा जोड दिएको छ । आन्दोलन गर्नुपर्छ भन्नेहरुमा पनि कांग्रेस एकल रुपमा जाने कि प्रचण्ड–माधव समूह लगायतसँग मिलेर जाने भन्नेमा बहस छ ।

जनता समाजवादी पार्टीले पनि एकल रुपमा आन्दोलनको घोषणा गरेको छ । जसपा नेताहरुका अनुसार नेकपा दुई खेमामा विभाजित भएपनि औपचारिक रुपमा पार्टी नफुटेकाले आन्दोलनमा सहकार्य गर्न गाह्रो भएको बताउँछन् । एक नेता भन्छन्, ‘नेकपासँग मिलेर नेकपाविरुद्ध कसरी आन्दोलन गर्ने ?

यद्यपि प्रचण्ड माधव समूहका नेताहरुले अझैसम्म सहकार्य हुनसक्छ कि भन्ने आश गरेको देखिन्छ ।

नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको केन्द्रीय संघर्ष समितिले मंगलबार देशभर भएको प्रदर्शनको समीक्षा गरेको छ । प्रदर्शन उत्साहजनक भएको नेताहरुको निष्कर्ष छ । तर प्रदर्शनका क्रममा एकाध ठाउँमा संघर्ष समितिले तोकेको भन्दा फरक नारा लगाउनु कमजोरी भएको नेताहरुले स्वीकार गरेका छन् ।

समितिले मंगलबार नै दोस्रो चरणको कार्यक्रमबारे जनवर्गीय संगठनहरुसँग राय लिएको छ ।

 बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ : गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङ

बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ : गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङ

  काठमाण्डौ, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणा गर्नु अदालतको भर्डिकअनुसार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभएको छ । 

आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौँ संस्करणअन्तर्गत पोखरामा आयोजित ‘प्रदेशबाट देखिने देश’ विषयक छलफलका क्रममा बोल्दै मुख्यमन्त्री गुरुङ्ले बहुमतको सरकार हुँदा पहिले पनि यस्ता किसिमका अभ्यास भएको बताउनुभयो ।  

२०५१ सालमा नेपाली काँग्रेसको बहुमतको सरकार हुँदाहुँदै प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको परिस्थिति अहिले नेकपा सरकारले भोग्नुपरेको उहाँको भनाइ छ ।

‘हामीलाई थाहा छ, नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालाले एकलौटी गर्यो, हामीलाई मान गरेन भनेर विरोध गरे । गिरिजाको पुत्ला जलाइयो, जुत्ताको माला लगाइयो । त्यसपछि उनी जनतामा गएका थिए, अहिले पनि त्यही भएको हो ।’ केपी ओलीको यो कदम असंवैधानिक नरहेको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ, यो युनिभर्सल ट्रुथ हो ।’

पार्टीको असहयोगपछि जनतामा जानु असंवैधानिक नभएको र यो लोकतान्त्रिक अभ्यास भएको उहाँको भनाइ छ । गुरुङले प्रधानमन्त्रीले अनैतिक काम गरेको भन्दा पनि पार्टीभित्रको अराजक व्यक्तिले काम गर्न नदिएको कारणले उनीहरूलाई कारबाही गर्न र को ठीक, को बेठीक छुट्याउन जनतालाई अधिकार दिएको बताउनुभयो । 

छलफलका सहजकर्ता पत्रकार बसन्त बस्नेतले वैशाखमा चुनाव हुन्छ भनी गरेको प्रश्नमा गुरुङले आत्मविश्वासका साथ ‘हुन्छ’ भन्नुभयो । संसद् विघटन भइसकेपछि अदालतको निर्णय कुर्ने र त्यसपछि जनताले के निर्णय दिन्छन्, त्यही मान्नु लोकतान्त्रिक अभ्यास हुने उहाँले बताउनुभयो ।

केन्द्रमा प्रतिनिधिसभा विघटन भएपछि त्यसको प्रभाव विभिन्न प्रदेशमा देखिएको बेलामा मुख्यमन्त्री गुरुङले भने भर्खर संघीयता आएको महसुस गरेको अभिव्यक्ति गर्नुभएको छ । संविधान जारी भएपछि अहिले लागू गरिएको संघीयतालाई छलफल नै नगरी ल्याइएको उहाँले बताउनुभयो ।

‘त्यो बेलामा जसरी पनि संविधान जारी गर्नुपर्ने परिस्थिति थियो । हामीले कमजोर किसिमको संघीयता ल्यायौं,’ उहाँले भन्नुभयो, ‘मेरो त अझै पनि गुनासो छ ।’ ‘तीन तहको सरकार बनाउँदा वित्तीयतर्फबाट केन्द्रीय प्रणाली छ, पहिला गाविस जिविसले भन्थ्यो अहिले हामी आफैं योजना बनाउँछौं, त्यो फरक कुरा हो । तर अनुदान अनि राजस्व कति आउँछ भन्ने कुरामा केन्द्रतर्फ नै केन्द्रित हुनुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘त्यो बेलाको स्कुल अफ थटले भौगोलिक रूपले विकट केही प्रदेश छन्, असमान छन्, राष्ट्रिय कोष केन्द्रको हातमा रहेन भने, जहाँ जुन प्रदेशमा पर्छ त्यहाँ भयो भने प्रदेश २ सम्पन्न हुन्छ । तर कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश पछाडि पर्छ भनेर गर्दा सबै अधिकार केन्द्रमा सीमित भयो ।’ 

उहाँले अर्को झगडा गराउने पक्ष साझा अधिकार कम र एकल अधिकार सुदृढ हुनुपर्नेमा एकलभन्दा साझा अधिकार धेरै भएको र साझा अधिकार कार्यान्वयनको नीति बनाउँदा केन्द्रले प्रदेशलाई समन्वय नगर्ने रहेको पनि बताउनुभयो । यो कुरा सुधार्नलाई कानुन संसोधन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

जिल्ला समन्वय समिति आवश्यक नभएको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो । संविधान र संघीयताको मर्मले जिल्ला समन्वय समितिको आवश्यकता नदेखाउने उहाँको बुझाइ थियो । संघीयतालाई डमरु बनाइएको उहाँको भनाइ छ । 

पछिल्लो समय नेकपामा विवाद भएपछि पार्टी दुई खेमामा विभाजित भएको छ । केपी शर्मा ओली एकतर्फ र प्रचण्ड–नेपाल खेमा एकतर्फ भएपछि यसको असर प्रदेशहरूमा पनि देखिएको छ । वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि दायर भइसकेको छ । तर गण्डकी प्रदेशमा अहिलेसम्म विवादको अवस्था देखिएको छैन । मुख्यमन्त्री गुरुङको स्थान सुरक्षित भएको बताइन्छ । अरु प्रदेशमा विवाद भइरहेको अवस्थामा गण्डकी प्रदेशमा मुख्यमन्त्रीले भने बल्ल संघीयता आएको जस्तो आफूलाई भान भएको बताउनुभएको छ । 

पार्टी केन्द्रमा विभाजित भएको अवस्थालाई व्याख्या गर्दै उहाँले भन्नुभयो, ‘कानुनी तथा वैधानिक रूपमा पार्टी एक छ तर भावनात्मक रुपमा, क्रियाकलापलाई आधार मान्ने हो भने पार्टी फुटिसक्यो । देश र देशका अन्य प्रदेश फुटेर क्षतविक्षत भएको अवस्थामा गण्डकी शान्त छ,’ उहाँले भन्नुभयो, ‘हामी मिल्नेतीर रुचाउँछौँ, विभाजनको आगो आएको हो, तर देवताले जोगाउँछ ।

 सुदूरपश्चिम हाम्रो कब्जामा हुनेछ : ओली

सुदूरपश्चिम हाम्रो कब्जामा हुनेछ : ओली

 काठमाण्डौ, पुस १५ । प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘सुदूरपश्चिमका जुझारु कार्यकर्ताले हाम्रो पार्टीलाई पहिलो बनाउनेछन्, सुदूरपश्चिम अब हाम्रो पार्टीको कब्जामा हुनेछ’, ओलीले भन्नुभयो ।

पार्टीको संगठन निर्माण भइरहेको र सबै ठाउँमा नियुक्ती पूरा भइ नसकेकाले पद पाइन भनेर चित्त नदुखाउन पनि आग्रह गर्नुभयो ।

 प्रचण्डलाई प्रधानमन्त्रीको फोन : ‘सीता जीलाई कस्तो छ, ख्याल गर्नुहोला’

प्रचण्डलाई प्रधानमन्त्रीको फोन : ‘सीता जीलाई कस्तो छ, ख्याल गर्नुहोला’

 काठमाण्डौ, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

अस्वस्थ भएपछि सीता दाहालको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । साँझ प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उहाँको ख्याल गर्न आग्रह गर्नुभएको नेता सुभासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले सीता दाहालको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री ओलीको तर्फबाट ओली समूहका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङले अस्तापल पुगेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

‘हामी प्रधानमन्त्रीको तर्फबाट र व्यक्तिगत तर्फबाट अस्पताल पुगेर सीता जीको स्वास्थ्य अवस्थाबारे जानकारी लियौँ, प्रचण्ड जी भर्खरै निस्कनुभएको रहेछ, छोरी गंगालाई भेटेर स्वास्थ्यबारे जानकारी लियौँ’, नेम्वाङले भन्नुभयो ।


 प्रथम परिवर्तन तेक्वान्दो आर्ईटिएफ प्रतियोगिता सम्पन्न, पाल्पा जिल्लाले सवैभन्दा धेरै पदक हात पार्यो

प्रथम परिवर्तन तेक्वान्दो आर्ईटिएफ प्रतियोगिता सम्पन्न, पाल्पा जिल्लाले सवैभन्दा धेरै पदक हात पार्यो

दाङ, पुस १५ । रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजनामा भएको ‘प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटिएफ राष्ट्रिय खुला प्याट्रन प्रतियोगिता–२०७७’ मा सम्पन्न भएको छ । यहि पुस ११ गतेदेखि बुधवारसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेश नं. ५ को पाल्पा जिल्लाले सवैभन्दा धेरै १५ पदक हात पारेको छ ।

पाल्पा जिल्लाले ३ स्वर्ण, २ रजत र १० काश्यसहित १५ पदक हात पारेको हो । देशभरबाट ६ सय ५३ जना खेलाडीहरु सहभागिता भएको उक्त प्रतियोगितामा काभ्रे जिल्लाले ५ स्वर्ण, ३ रजत र ४ काश्यसहित दश पदक जितेको छ ।

त्यसैगरी रोल्पा जिल्लाले १ स्वर्ण, १ रजत र ३ काश्यसहित ५ पदक, बागलुङ जिल्लाले १ स्वर्ण, २ रजत र १ काश्यसहित ४ पदक, काठमाडौ जिल्लाले २ स्वर्ण, रामेछाप जिल्लाले १ स्वर्ण, ललितपुर जिल्लाले ३ रजत, गुल्मी जिल्लाले १ रजत र पूर्वी रुकुम जिल्लाले १ काश्य पदक हात पारेको कार्यक्रम संयोजक समेत रहेका रोल्पा तेक्वान्दो आईटिएफ संघका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन् ।

प्रतियोगिता नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्य र परिवर्तन गाउँपालिका रोल्पाको मुख्य प्रायोजनमा संचालन गरिएको थियो ।

रोल्पा जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाँठामगरको अध्यक्षता तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष तथा एसियायी तेक्वान्दो महासंघ कार्यकारी सदस्य अन्जन धमालाको प्रमुख आतिथ्यतामा एव नेपाल तेक्वान्दोका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष प्रबिनकुमार कार्कीको विशिष्ट आतिथ्यतामा भएको रोल्पा आईटिएफ तेक्वान्दो संघकाका सचिव कृष्णप्रसाद बाठामगरले जानकरी दिएका छन् ।

स्थानीयस्तरमा खेलुकद क्षेत्रको विकाससँगै खेलाडीहरुको उत्पादन बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको पुसको ११ गते परिवर्तन गाउँपालिकाको अध्यक्ष निमकान्त डाँगीले उद्घाटन गरेका थिए । रोल्पा आईटिएफ तेक्वान्दो संघले कोरोना भाइरसका कारण लामोसमयसम्म खेलकुदका गतिवधिहरु बन्दा हुदापनि अनलाईनका माध्यमबाट खेलुकदका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

 पाथिभराको वनमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

पाथिभराको वनमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

ताप्लेजुङ, पुस १५ । ताप्लेजुङको पाथिभरा क्षेत्रको जंगलमा लागेको डेढेलो चार दिन बित्दासमेत नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास स्वरुप हेलिकोप्टरमार्फत पानी हालिए पनि सम्भव भएन ।

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी महेन्द्र श्रेष्ठका अनुसार पाथिभरा मन्दिर, त्यहाँसम्म जाने सडक क्षेत्रलाई सुरक्षित गरिएको छ । तर, पाखामा आगो नियन्त्रणमा लिन नसकिएको उनले बताए ।

हाम्रो टोली अहिले पनि खटिइरहेकै छ तर, पाखोमा गएर आगो निभाउन समस्या छ’, श्रेष्ठले भने । फेदीतिर हावा आउने बित्तिकै आगो फैलिएरमाथि जाने गरेको छ ।

आगलागी भएको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली पनि खटिएको छ ।

 बिरामी पत्नी सीतालाई भेट्न प्रचण्ड अस्पताल पुगे

बिरामी पत्नी सीतालाई भेट्न प्रचण्ड अस्पताल पुगे

काठमाडौं, पुस १५ ।  नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्नी बिरामी पत्नी सिता दहाललाई भेट्न भैंसेपाटीस्थित मेडसिटी अस्पताल पुगेका छन् ।

आकस्मिक रुपमा बिरामी परेपछि मेडीसिटी अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् ।

बुधबार स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि आमालाई अस्पताल लगिएको  उनकी छोरी गंगाले जानकारी दिइन् ।

लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगको उपचार गराइरहेकी उनलाई चिकित्सकहरुले आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

यसअघि उनको सिंगापुरको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा समेत उपचार भइसकेको छ ।

३ सवारी साधन ठोक्किदा २ जनाको मृत्यु

३ सवारी साधन ठोक्किदा २ जनाको मृत्यु

जनकपुरधाम, १५ पुस । धनुषाको धनुषाधाम नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा तीन वटा सवारी साधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु  भएको छ ।

नगरपालिकाको वडा नम्बर ९ मालटोलस्थित राजमार्गको घुमाउरो सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बरको जिपलाई सोही दिशातर्फ जाँदै गरेको बीआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । त्यसै क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयांकर सोही भारतीय ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा टयांकरका चालक विराटनगर महानगरपालिका ४ बस्ने ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका चालक २० बषृका रंगिला कुमारको मृत्यु  भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मण्डललाई जनकपुरको प्रादेशिक अस्पाल लैजाँदै गर्दा र रंगिलाको उ

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सयमा झर्‍यो

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सयमा झर्‍यो

 

  काठमाण्डौ, पुस १५ । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सयमा झरेको छ ।

पछिल्ला दिनहरुमा कोरोनाको नयाँ सङ्क्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटिरहेको छ । गएको २४ घण्टामा पाँच सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ६० हजार ५९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ६ सय जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या दुई लाख ५१ हजार ९ सय १२ पुगेको छ । आज थप सात जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट एक हजार आठ सय ४७ जनाले ज्यान गुमाएका छन् ।

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

 


१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् ।

सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् ।

जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फाराम

जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फाराम


 १५ पुस, काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।

रजिस्ट्रेसन फाराम खुल्यो

एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए ।

सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।

प्रचण्ड–माधव समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

प्रचण्ड–माधव समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन


१५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।

बैशाखमा चुनाब नहुने र प्रधानमन्त्री ओलीको पद पनि फुस्किने उर्जामन्त्री पुनको दाबी

बैशाखमा चुनाब नहुने र प्रधानमन्त्री ओलीको पद पनि फुस्किने उर्जामन्त्री पुनको दाबी

 १५ पुस, दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताउनुभएको छ । उहाँले त्यतिबेलासम्म ओली सरकारको नेतृत्वमा पनि नहुने जिकिर गर्नुभएको छ् ।

गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको टिप्पणी गर्नुभयो ।

‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ’, निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका पुनले भन्नुभयो, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’

ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नतर्सने बताउनुभयो । ‘वर्षौंसम्म राजाको सैनिक सत्ता र संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन’ उहाँले भन्नुभयो ।

पुनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न ओलीले सुझाव दिनुभयो । आफैंले मिचेको संविधानलाई पूरानै ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीं न कहीं सम्मान गर्ने उहाँको भनाइ छ । ‘नत्र जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला’, उहाँले भन्नुभयो ।

नेता पुनले ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विगत स्मरण गर्न पनि सुझाव दिनुभयो । ‘शेरबहादुर देउवाले ०५९ सालमा निर्वाचन घोषणा गर्नुभयो, संसद विघटन गर्नुभयो । संसद दरबारमा बुझाएर आफैं जेल परेपछि गल्ती भयो भनेर आफैं आन्दोलनमा आउने अवस्था बन्यो । राजनीतिक इतिहास बुझ्दा ओलीजीलाई राम्रै होला’ पुनले भन्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको पनि उहाले टिप्पणी गर्नुभयो । ‘राष्ट्रपतिले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिनुभयो’ उहाँले भन्नुभयो । नेता पुनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा नै वैध भएको दाबी गर्नुभयो ।

लागुऔषधसहित सासु–बुहारी पक्राउ

लागुऔषधसहित सासु–बुहारी पक्राउ

 


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासु–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया शान्ति सिंहसहित उनकी सासु कौशिला सिंहलाई पक्राउ गरेको हो ।

मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासु–बुहारीलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

‘विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो’, उनले भने, ‘सासु कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।’

लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । पक्राउ परेका सासु–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।