२४ घण्टामा २८१७ कोरोना संक्रमित थपिए

८२ जना कोरोना संक्रमितको भेन्टिलेटरमा र ३९८  जनालाई आईसीयूमा राखेर उपचार हुँदै

 

 काठमाडौं, कार्तिक २३ । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ८१७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

बिहीबारदेखि हालसम्म ४५ हजार ९५५ जनाको पीसीआर परीक्षण भएकमध्ये ११ हजार ५३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । यही अवधिमा १२ हजार ९४८ जना डिस्चार्ज भएका छन् भने ७४ मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा दुई हजार ८१२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख६ ५७ हजार ९२७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ८१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ४० हजार ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । आजसम्म देशभर एक हजार १४९  जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ८२  जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३९८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ ।


SHARE THIS