दाङमा कर्तब्य जान मुद्दामा फरार एक पुरुष १६ वर्षपछि पक्राउ

दाङ, कार्तिक २५ । दाङमा कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक पुरुष १६ वर्षपछि पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ४७ का लिलाधर भण्डारी रहेका छन् ।

२०६१ साल चैत २९ गते दाङ सर्वेच्च अदालतले उनलाई कर्तव्य ज्यान मुद्दा फैसला भई ५ बर्ष कैद सजाय तोकेको थियो । तर उनी फरार रहेकोमा शनिबार २३ गते आफ्नै घरवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत सुमित खड्काले जानकारी दिनुभयो। भन्डारीलाई हिजो मात्र दाङ देउखुरी जिल्ला अदालत घोराहीमा बुझाइएको खड्काले बताउनुभएको छ ।


SHARE THIS